अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ पुरस्कार बितरण समारोहमा सरिक हुन् आब्हान

इनेप्लिज २०७२ मंसिर ३ गते २३:५५ मा प्रकाशित

INLS-logo

सम्पूर्णमा अभिबादन !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरुलाई यही आउदो नोवेम्बर २१ तारिख पुस्तक पुरस्कार बितरण देवकोटा जन्म जयन्तीको अबसरमा भब्य समारोह बिच पुरस्कृत गरिने भएकोले डिसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने सबैमा आयोजक समिति आग्रह गर्दछ l

पुस्तक पुरस्कार बिजेताहरु विभिन्न देशहरुबाट अमेरिका आउने क्रममा सर्बोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कारका बिजेता भयवाद पुस्तकका लेखक देश सुब्बा ,अनेसास सर्बोत्कृष्ट पुस्तक बिजेता चर्चित साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ तथा अन्य पुरष्कृत साहित्यकारहरु अमेरिका आई पुग्नु भएको छ l

यसै गरि झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तकका लेखक डा तारा नाथ शर्मा डिसी आउने हुने भएकोले वहा लगायत सबै संग अन्तरक्रिया तथा भेटघाट हुने भएकोले श्रस्टाहरुलाई सम्मान र हौशला प्रदान गर्न डिसी महानगर क्षेत्रका सबै नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गर्दछौ l

यसको साथै नोभेम्बर २२ तारिखमा भारतीय नाकाबन्दी बिरुद्ध वाशिंगटन डिसी स्थित व्हाइट हाउस अगाडी बिरोध प्रदर्शनमा बिभिन्न राज्यहरुबाट सहभागी हुन् आउनु हुने नेपाली को मुख्य पहिचान हाम्रो मातृभाषा संग जोडिएको यो अति महत्वपूर्ण कार्यक्रमको गरिमा सबैलाई नोभेम्बर २१ तारिखमा निमन्त्रणा गर्दछौ l

टाईसन् कर्नर मेरियट होटल
Tysons Corner Marriott
8028 Leesburg Pike
Tysons Corner, Virginia 22182 USA

सीता पाण्डे
अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार समिति

सम्पर्क : ६४६ ७०२.४४९४

प्रतिक्रिया