रसुवा, १ मङ्सिर । आज साँझ रसुवाको समरथली गाविस आसपास ४.३ रेक्टर स्केलको परकम्प गएको छ ।
साँझ ६.५५ मिनेटमा सो परकम्प गएको हो । सो गाउँका वासिन्दा गोठ, टहरामा बस्दै आएकाले परकम्पबाट अहिलेसम्म खासै क्षति नभएको र कम्पनको अनुभव लामै समयसम्म गरिएको स्थानीयवासी डण्डबहादुर डङ्गोलले बताउनुभयो ।
सदरमुकाम धुन्चेमा परकम्पपछि मानिस घर बाहिर निस्किएका थिए ।
सो परकम्पको महसुस काठमाडाँैमा पनि गरिएको थियो ।
प्रतिक्रिया