तिहारकाे माहोलले गाम चक्कमन्न हुन बाट जाेगाउदै अाएकाे त धेरै नै भयाे जस्ताे लाग्छ हुनत अरु बेलामा गाममा सबेरै भाले बासेकाे दिउँसा गाई गाेरु कराएकाे र साँझमा कुकुर भुकेकाे अावजले पनि गामलाई गुन्जाएमान नबनाएकाे हाेईन । जब यमपञ्चक सरु हुन्छ त्यस पछिका दिनमा दिनहु जसाे एक हुल मानव जतिकाे प्रवेश क्रमश गाममा हुन्छ जसलाई हामी नेपाल बासी या सहरिया उपनामले वाेलाउने गर्छ्म उनिहरु अाउछन् त केबल उनिहरु मात्रै अाउदैनन् एउटा ध्वनि सहित अाउछन् ।
मैले बाजा बजाएर अाउछन् भन्न खाेजेकाे चै हाेईन । जब उनिहरुकाे गृह प्रवेश हुन्छ गाउँको एउटा चमक अाएकाे भान हुन्छ । बुढा बा त्यसै भन्छन् सहरा बस्या हरुले गाम चलाका छन् रे । गाममा पनि अाजभाेलि सहरिया बिकास भाछ रे फलानेकाे छाेराले याे गर्याे उ गर्याे भनेर खुबै गाम हल्लिन्छ । अनि मख्ख हुन्छन् ती सहरिया जाे गाममा दुई फेर पुग्छन् चाड मान्न , अनि गफ सुरु हुन्छ पल्ला गरे ठुले दाइ सँग जाे दिन रात पसिना चुहाएर हलाे जुवा काधमा हालेर जाेतिएर गाम चलाका हुन्छन् हेर्नुस् ठुले दाइ याे गाममा राेड ल्याउने पहल गर्या छु । त्यसपछि तल्लो चाैरा बजार अर्नु पर्छ । कति जाेतेर खानु हुन्छ ।
ठुले दाइ भईहाल्छ नि कान्छा भन्दा दाेस्राे शब्द निकाल्दैनन् । उ अजै थप्दै भन्छ त्यसपछि त हाम्राे गाम पनि नेपाल ( काठमाडौ ) हुन्छ । गाममा दुई हल गरु दुईवटा भैंसी र केही गाई बस्तु पालेर गाम चलाका ठुले दाइ र चाैतारकाे पसलेमा फरक छ सधै कुकुरकाे एकहुल जम्मा हुने त्याे चाैतारामा अाज राैनक छाएकाे छ । अाज उनकाे अनुहारमा चमक छ त्याे कुकुरकाे स्थानमा सहरिया स्यालहरुकाे दुई खाल जमाईराकाे छन् । पसले दाइ लाई भ्याई नभ्याई छ अाज । ठुले दाइ चाैताराकाे बटाे हुदै सिमल डाढा जादै थे ! ए ठुले दाइ अाउनु खाला बसम तिहारा नि के काे हसिया नाम्लो लिएर हिन्या । गाईबस्तुलाई तिहार भने के था अब म्ययारिजमा घाँस बाजि खेल्नु मिल्दैन खेलाउ तिमारु म लागे । उ माथी पुग्दा सम्म अावाज छ मार्याे १८ काे माल मेराे १७ काे अरु यस्तै यस्तै ।
ठुले दाइ फर्कदा सम्म खाल जमिराछ । ए दाइ अब चै अाउ हाे भारी बिसारा बरु बाेट मै हाल्दिमला । याे अरुकाे अग्रह हाेईन त्यहि अगिकाे कान्छाकाे हाे । बुढालाई बाेट हाल्दिन्छु भन्दा नि नटेरी गए । गए जाै मु……बुढा तिहार त खेल्नु नि । नकरा त नखेले खेल्दैनन् त । तँ खुरु खुरु खेल्न खालबाट अार्काे बाेल्छ । त्यहि चाैतारामा हाे पहिला पहिला तिहारकाे नाचगान कार्यक्रम हुने , नजिकै राेटे पिङ हालिन्थाे । त्यसैले माथिल्लो गामका बच्चाहरु अाज पनि पिङ खेल्न हुल बाधेर झरेर चाैतारा अाईपुगे तर बिडम्बना पिङ त धमिराले हाल्दै गरेकाे देखे अनि त्यही छेउमा दुई खाल देखे । कान्छाे अङ्कल यसपालि किन पिङ नहाल्या ?
रश्मि अब अर्को बर्ष फन पार्ककाे राेटे पिङ जस्तै हाल्ने त्यहि भर नहाल्या । बिचारा ती बच्चाबच्ची पनि नेपाल बासीका छर्छाेरी हुन । उनिहरुकाे पिङकाे माेह फनपर्कमा भन्दा त्याे चाैतारामा थ्याे भन्ने कान्छाले बुझेन । तर त्याे कान्छा गामलाई खुबै सपार्ने कुरा गर्थाे यमपञ्चककाे अन्तिम दिनकाे भाेलि पल्ट फेरि भाले, गाईबस्तु र साँझमा कुकुरकाे अावज बाहेक हिजाे सम्म सुनिएको हल्ला खल्ला देउसी टाेलिकाे अावाज सुनिएन ।अाज फेरि एक बर्ष पछि उनिहरुकाे गाउँ प्रवेश हुदै छ यसपालिकाे गाम बिकासकाे कुरा सयाद गाममा एर्पाेट बनाउने हुनुपर्छ त्याे कान्छाकाे । हाेईन भने फनपार्काे राेटे पिङ कताट ल्यार हाल्नु ।
प्रतिक्रिया