जिप दुर्घटना, बेपत्ता खोज्न प्रहरी परिचालन

इनेप्लिज २०७२ कार्तिक २५ गते ५:०८ मा प्रकाशित

Road Accidentभीमदत्तनगर, २५ कात्तिक । दार्चुलामा भएको जिप दुर्घटनामा बेपत्ता रहेका चारजनाको खोजीकार्यमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

मङ्गलबार दार्चुलाको धापबाट सदरमुकाम खलङ्गा आउँदै गरेको म१ज १४० नंको जिप अपिनगरपालिका–१५ छट्टेबगड भन्ने ठाउँबाट महाकाली नदीमा खसेको थियो ।

दुर्घटनामा परी दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दार्चुलाको पस्तीका किसनसिंह धामी र अपि नगरपालिका–१२ का कैलाश सुनार रहेका छन् ।

“दुर्घटनास्थल पुगेका मृतकका आफन्त र स्थानीयवासीले जिपमा छजना सवार रहेको बताएका छन् ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले भन्नुभयो – “सोही आधारमा जिपमै अन्य चारजना हुनुपथ्र्यो भन्ने हो ।” उहाँले चारैजनाको खोजीकार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी मङ्गलबारदेखि नै परिचालन गरेको जानकारी दिनुभयो ।

“जिप पनि महाकालीमै तैरिएको अवस्थामा छ ।” उहाँले भन्नुभयो – “हामीले जिपभन्दा पनि बेपत्ताहरुको खोजीकार्यमा बढी जोड दिएका छौँ ।” जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया