गुलरिया (बर्दिया), २५ कात्तिक । जुवा खेलिरहेको अवस्थामा बर्दियाका छजनालाई रु ५६ हजार ६१५ सहित प्रहरीले पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका–९ घर भई हाल वडा नं ७ कृष्णसार टोलमा डेरा गरी बस्ने ३८ वर्षीय रमेश यादवले आफ्नो डेरा कोठामा जुवातास खेलाइरहेको अवस्थामा हिजो सोही स्थान बस्ने मानिसहरु, नगद रु ५६ हजार ६१५ र सात गड्डी ताससहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
बर्दिया गुनपा–७ बस्ने ४२ वर्षीय गोपाल बहादुर प्रधान, ११ बस्ने ३३ वर्षीय मिलन लोध, ५ बस्ने ३१ वर्षीय अजय सदाशङ्कर, ९ बस्ने ४५ वर्षीय हर्क बहादुर श्रेष्ठ, सोही स्थान बस्ने ५८ वर्षीय नरेशकुमार शर्मालाई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रतिक्रिया