नेपाली ‘पोर्नस्टार’ अर्चना पनेरुसँग भिडियो खेल्ने को ? (भिडियोसहित)

इनेप्लिज २०७२ कार्तिक ११ गते ११:१८ मा प्रकाशित

njss dashain sanjh 20

काठमाडौं । नेपाली बजारमा भर्खरै मात्र एक युवतीको खुबै चर्चा भयो । जो पोर्नस्टार सन्नी लियोन बन्ने सपनामा थिइन् । उक्त सपना साकार पार्न उनले नग्न फोटोशूट गरेर सार्वजनिक समेत गरिन् । उनको नाम हो अर्चना पनेरु । घर कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी । उमेर १७ वर्ष । पढाई कक्षा १० मा । उनले सार्वजनिक रुपमै भनेकी थिइन, म नेपालको चर्चित पोर्नस्टार बन्न चाहन्छु । उनले अभिनय गरेको एउटा भिडियो पनि सार्वजनिक भएको छ । जुन पोर्न होइन् म्यूजिक भिडियो । आविष्कार मूभिमेकर प्रालिले बजारमा ल्याएको ‘शीतल’ एल्बममा समावेश ‘आफ्ना कुरामाथि पार्न…….’ बोलको गीतको भिडियोमा अर्चनाले अभिनय गरेकी छन् । अर्चनासँगै भिडियोमा अभिनय गर्ने एक जना अर्का मोडल पनि छन् । जसलाई धेरैले जान्न र चिन्न खोजेका छन् । उनको नाम हो महेश भट्ट । उमेर १६ वर्ष । अध्ययन कक्षा १० । उनी पनि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरकै बासिन्दा । हाल काठमाडौं कपनमा परिवारसँगै बस्दै आएका छन् । अर्काे कुरा महेश चर्चित कलाकार एवं खलनायक पुष्कर भट्टका छोरा हुन् । बाबुकै प्रेरणामा उनले एसएलसी पढ्दा पढ्दै पहिलो म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाएका हुन् । नेपालकै चर्चित पार्नस्टार बन्ने अभ्यासमा रहेकी अर्चनासँग भिडियो खेल्ने उनै महेशसँग दैनिक नेपालले गरेको कुराकानीको सम्पादित अंशः पहिलो म्यूजिक भिडियो खेल्ने अवसर पाउनुभयो, कस्तो लागिरहेको छ ? मैले यति सानै उमेर म्यूजिक भिडियो खेल्न पाउला भनेर सोँचेको पनि थिइन् । यो सबै मेरो बाबा(चर्चित खलनायक पुष्कर भट्ट)को प्रेरणामा सम्भव भएको हो । उहाँले नै मलाई म्यूजिक भिडियो खेल्नका लागि वातावरण सिर्जना गरिदिनुभयो । नेपालमा भूकम्प गएको बेला हामी सुदूरपश्चिम आएका थियौँ । गाउँको घर आएको बेला बाबाले हामीलाई शपिङ गर्न लग्नुभयो । त्यो दिन जीवनकै धेरै शपिङ गरियो । त्यती बेला मलाई लाग्यो कि आज बाबाको कहिकतैबाट चिठ्ठा परेको छ । तर पछि शूटिङ स्थलमा पुग्दा थाहा भयो कि मलाई त म्यूजिक भिडियोमा खेल्नका लागि ल्याइएको रहेछ । त्यसपछि अर्चना पनेरुसँग भेट भयो । मलाई थाहा पनि दिइएन कि म्यूजिक भिडियो खेल्दैछु । अर्चनासँग भेट्दा सुरुमा निकै नर्भस भए । तर पछि प्रयास गर्दागर्दै म्यूजिक भिडियोमा अर्चनासँग अभिनय गर्न सफल भए । पहिलो म्यूजिक भिडियोमा अभिनय गर्दा एकदमै रमाइलो लागिरहेको छ । तपाईले नजानेरै म्यूजिक भिडियोमा कसरी अभिनय गर्नुभयो ? योभन्दा पहिला हाम्रो स्कुलमा डान्स सिकाउथे र अहिले पनि सिकाइन्छ । जहाँ मैले पनि राम्रो डान्स सिक्ने अवसर पाए । अचानक म्यूजिक भिडियोमा खेल्नुपर्ने अवस्था आएपछि बाबाले हौसला दिनुभयो र मैले प्रयास गरेको छु । दर्शकले धेरै माया पनि गर्नुभएको छ । पहिलो म्यूजिक भिडियोमै पोर्नस्टार बन्न लागेकी मोडलसँग अभिनय गर्नुभयो । दर्शक, आफन्त र साथीभाईबाट प्रशंसा अलोचना के कति पाउनुभयो ? हेर्नुस् हरेक काम गरेपछि प्रशंसा र आलोचना हुन्छ नै । मेरो हकमा भन्ने हो भने मलाई धेरैले आलोचनाभन्दा पनि प्रंशसा गर्नुभएको छ । यो उमेरमा मलाई अलोचनाभन्दा धेरैले प्रश्न गर्छन् राम्रो करियर, चर्चित नायक बन्ने विषयमा । के छ भविष्यको योजना, सफल नायक बन्नुहुन्छ वा अरु कुनै ? मेरो भविष्य भनेको मेरो परिवारले देखाएको बाटो हो । खासगरी मेरो बाबा वेष्ट सेलिबे्रटी हुनुहुन्छ । मेरो बाबाको क्षेत्र पनि यही भएकाले मेरो भविष्य पनि यसैमा रहेको मैले बुझेको छु । सबभन्दा पहिला त मेरो अध्ययन चलिरहेको छ । राम्रो विद्यार्थी बन्ने योजनामा छु । भविष्यमा के गर्छु, के बन्छु भन्ने सोँचेको छैन् । एसएलसी पढ्दै छु, एसएलसीपछि कुन बाटोमा हिड्ने भन्ने पछि सोच्नेछु । अन्तिममा आफ्ना दर्शक, साथीभाई र शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ ? सर्वप्रथम त जीवनकै पहिलो अन्तरर्वार्ता प्रकाशित गरिदिनुभएकोमा दैनिक नेपाल टिमलाई धन्यवाद दिन चाहन्छु । राम्रो भएपनि नभएपनि कला क्षेत्र, गीतसंगीत क्षेत्रलाई माया गरिदिनुभएकोमा सबैमा कोटीकोटी नमन । स्वाभीमानी नेपाली हौं, पुर्खाको विडो समातेर आफ्नो कला संस्कृतिलाई जर्गेना गर्ने कार्यमा माया गरिदिन आग्रह गर्दछु । र माया गरिदिनुहुने सबैमा हृदयदेखिनै धन्यवाद ज्ञापन गर्दछु ।

हेर्नुस् भिडियो: –

प्रतिक्रिया