क्षेत्री समाजको बहुउद्देश्यीय भवन निर्माण

इनेप्लिज २०७२ असोज २७ गते २:२१ मा प्रकाशित

बागलुङ, २७ असोज । क्षेत्री समाज बागलुङले रु ६० लाखको लागतमा बागलुङ सदरमुकाममा निर्माण गरेको बहुउद्देश्यीय भवन मङ्गलबारदेखि प्रयोगमा आएको छ ।

दसकोठे सुविधासम्पन्न भवन दुई वर्षअघि सञ्चालित धान्याञ्चलबाट उठेको रकम र थप आर्थिक सहायता जुटाएर बनाएको हो । भवनमा सभाहल, आयआर्जन कक्ष, अतिथि कक्ष, पुस्तकालय, सूचना केन्द्र बनाउने योजना समाजले अघि सारेको समाजका अध्यक्ष बाबुराज कार्कीले बताउनुभयो ।

भवन बनाउन बागलुङ नगरपालिका–३ गुठीका ओमबहादुर खड्काले रु ३० लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । तीनतले पक्की भवनको जग्गादाता खड्का, अर्का जग्गादाता सीता खत्री र समाजका अध्यक्ष कार्कीले संयुक्त रुपमा हिजो उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया