धर्ना दिने आठ पक्राउ

इनेप्लिज २०७२ असोज ७ गते १२:२८ मा प्रकाशित

pakraauरौतहट, ७ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले आज गौर भन्सार कार्यालय नजिकको क्षेत्रमा धर्ना दिएपछि प्रहरीले धर्नामा संलग्न आठजनालाई पक्राउ गरेको छ ।

गौर भन्सार क्षेत्रमा धर्ना सुरु गरेको केही समयपछि प्रहरीले सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य रामकिशोर यादवसहित आठजनालाई पक्राउ गरेको हो ।

निषेधित क्षेत्र उल्लङ्घन गर्दै क्रान्तिद्वार अगाडि धर्नामा बसेका आठजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सङ्घीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेल, कोषाध्यक्ष सर्फलाल यादव, पासपतराय यादव, एनेकपा (माओवादी)का राजेशकुमार साह, तराई मधेस राष्ट्रिय अभियानका ललित मल्लिक सानु, विद्यार्थी नेता प्रकाश यादव र ललन यादव रहेका छन् ।

पक्राउ परेका मोर्चाका कार्यकर्ताहरुलाई हाल जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

धर्नाका कारण भन्सार कार्यालयको कामकाजमा अवरोध उत्पन्न भएको थियो ।

प्रतिक्रिया