ट्रम्पको व्यापार नीति: अस्पष्ट सन्देश र अनिश्चित म्याद

इनेप्लिज २०८२ असार २४ गते १०:०४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार व्यापार सम्झौता र नयाँ ट्यारिफ (कर) म्यादबारे मिश्रित सन्देश दिएका छन्।

एबिसीन्यूजका पत्रकार करेन ट्रेभरले ट्रम्पलाई ९० दिनमा ९० व्यापार सम्झौता गर्ने सरकारको लक्ष्य पूरा भयो कि छैन भने जिज्ञाशामा “सबै सकियो,” भन्दै आफूहरुले करबारे चिठी पठाउन थालेको कुरा नै सम्झौता भएको जस्तै बताए ।

उनले थपे, “यो अमेरिका हो, संसारकै सबैभन्दा सफल देश। जो आउन चाहन्छ, स्वागत छ।”

ट्रम्पले अगाडी भने वार्ताको समय अब सकिएको छ। “हामीले देशहरूलाई चिठी पठाउँदैछौं, जसमा उनीहरूले कति कर तिर्ने भन्ने लेखिएको छ । ,”

पत्रकारहरुले अगस्त अगस्ट १ देखि लागु हुने भनिएको कर म्याद पक्का हो कि होइन भन्ने जिज्ञाशामा ट्रम्पले जवाफ दिए, “पक्का हो, तर सय प्रतिशत भने होइन।”

“हामी सधैं केही निष्पक्ष कुराको लागि कुराकानी गर्न तयार छौं। तर, हामीले धेरैजसो देशहरूसँग कुरा गरिसकेका छौं र, तपाईहरुलाई थाहा छ, उनीहरूले धेरै दशकदेखि आफ्नो मनपर्ने तरिकाले व्यापार गर्दै आएका थिए। अब हामी केवल ‘निष्पक्षता’ चाहन्छौं।”

अहिलेसम्म, अमेरिकी प्रशासनले भियतनामसँग मात्रै एउटा व्यापार सम्झौता र चीनसँग एउटा सामान्य सहमति भएको घोषणा गरेको छ। यसले ट्रम्पको व्यापार नीतिमा अनिश्चितता अझै कायमै रहेको देखाउँछ।

प्रतिक्रिया