आज असार २३ गते, राजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसरमा देशभरि उत्सवमय वातावरण छ। बिहानैदेखि राष्ट्रवादी जनसमूहहरूको ठूलो भीड राजधानी काठमाडौँको नर्मल निवासतर्फ अग्रसर छ। नागरिक विद्रोह अभियानका प्रचार प्रमुख चिरञ्जीबी भरताईका अनुसार, आजको दिनलाई ऐतिहासिक बनाउने दृढ विश्वाससहित जनसागर राजा फर्काइ ल्याउने अठोटसहित सडकमा ओर्लिएको छ।
“यो केवल जन्मोत्सव होइन, यो हाम्रो विश्वास र समर्पणको दिवस हो। आजको दिन, असार २३, इतिहास बन्छ,” भरताईले बताए।
राजालाई सम्मान गर्न देशका विभिन्न भागबाट युवा, महिला, वृद्ध, सबै वर्गका नागरिकहरू राजधानीमा भेला भएका छन्। “आफ्नो राजा, आफ्नो पहिचान” भन्ने नारासहित उनीहरू नारा लगाउँदै नर्मल निवासतर्फको यात्रामा छन्।
🔺 स्लोगन गुञ्जिएको छ:
“असार २३, बन्छ इतिहास – राजा फर्क, आउँछ विश्वास!”
नागरिक विद्रोह अभियानका अनुसार, आजको दिन राष्ट्रियताको पुनर्जागरण, सम्प्रभुता र स्थायित्वको प्रतीक बन्नेछ।
📍 स्थान: नर्मल निवास, काठमाडौँ
🕘 समय: आजै दिनभर भव्य जनसहभागितासहित कार्यक्रम सञ्चालन हुनेछ।
🟡 नागरिक विद्रोह अभियान
प्रतिक्रिया