विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले नयाँ राजनीतिक पार्टी बनाउने धम्कीलाई साँच्चै नै कार्यान्वयन गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कर कटौती कानूनको विषयमा झगडा भएपछि उनले ‘अमेरिका पार्टी’ अर्थात् अमेरिका दल नामको नयाँ दल घोषणा गरेका छन्।
यो सर्वविदित छ ,मस्क केही महिना अगाडी सम्म ट्रम्पका नजिकका साथी थिए । दुवैको खुब मिल्थे । मस्कको कुरा ट्रम्पले सुन्थे । उनि सरकारी दक्षता विभाग चलाउँथे । ३ महिना सम्म काम गरे र छोडे । ट्रम्पको महत्त्वपूर्ण कर कटौती कानूनमा उनले असहमति जनाए । उनलाई मन परेन । यो कानून जुलाई ४ का दिन शुक्रबार रास्ट्रपति ट्रम्पले हस्ताक्षर गरे पछि शुक्रबार देखि मात्रै लागू भएको छ।
मस्कले यदि यो पागल खर्च विधेयक पारित भयो भने आफूले ‘अमेरिका पार्टी’ बनाउने धम्की दिएका थिए।
गत शनिबार आफ्नो सामाजिक सञ्जाल ‘एक्स’मा मस्कले भने, “हाम्रो देशलाई फजुल खर्च र भ्रष्टाचारले टाट बनाउने कुरामा हामी लोकतन्त्रमा होइन, एकदलीय प्रणालीमा बाँचिरहेका छौं। आज, ‘अमेरिका पार्टी’ तपाईलाई तपाईको स्वतन्त्रता फिर्ता दिनको लागि गठन भएको छ।”
एपीका अनुसार ट्रम्पलाई २०२४ को चुनावमा कम्तीमा २५० मिलियन डलर सहयोग गरेका मस्कले यदि ठूलो मात्रामा पैसा खर्च गर्न चाहे भने २०२६ को संसदीय चुनावमा प्रभाव पार्न सक्छन्।
राष्ट्रपतिसँगको उनको झगडाले मस्कलाई असर पर्न सक्छ, किनभने उनका व्यवसायहरू सरकारबाट अरबौं डलरका ठेक्काहरूमा निर्भर छन् । उनको टेस्लाको बजार भाउ अर्थात् शेयर बजारलाई समेत प्रत्यक्ष असर परेको छ।
मस्कले औपचारिक रूपमा नयाँ राजनीतिक दल गठन गर्न के-कस्ता कदम चालेका छन् भन्ने स्पष्ट भइसकेको छैन। एपीले जनाए अनुसार आइतबार बिहानसम्म, संघीय निर्वाचन आयोगको तथ्यांक सङ्ग्रह (डाटाबेस)मा मस्कको शनिबारको ‘एक्स’ प्रकाशनछि ‘अमेरिका पार्टी’, ‘डज’ वा ‘एक्स’ नाममा धेरै नयाँ राजनीतिक दलहरू दर्ता भएका देखिएको छ ।
एपीले आफ्नो समाचारमा तर तीमध्ये कुनै पनि वास्तविक नदेखिएको इमेल अर्थात् बिधुतिय ठेगानाहरू भएको र त्यहाँ जस्तै “[email protected]” अनौठा इमेल अर्थात् बिधुतिय डाक राखिएको उल्लेख गरेको छ ।
पुन : आइतबार मस्कले आफ्नो सामाजिक संजाल ‘एक्स’ मा बिहानभर प्रयोगकर्ताहरूबाट दलको बारेमा प्रतिक्रिया लिँदै बिताएका छन् । उनले सन् २०२६ को मध्यावधि चुनावमा आफ्नो दललाई संलग्न गराउने संकेत दिएका छन् ।
मस्कले ट्रम्पको बिशाल सुन्दर बिधेयकलाई “घिनलाग्दो र घृणित” भन्दै यसले संघीय ऋण बढाउने चेतावनी दिएका थिए। मस्कले आइतबार पुन ‘एक्स’मा रिपब्लिकन दलले कार्यकारी, व्यवस्थापिका र न्यायिक शाखाहरूमा पूर्ण नियन्त्रण पाएको छ । तैपनि सरकारको आकारलाई व्यापक रूपमा बढाएर राष्ट्रिय ऋणलाई कीर्तिमानी पाँच ट्रिलियन डलरले बढाउने हिम्मत गर्यो भन्दै टिप्पणी गरेका छन् ।
प्रतिक्रिया