लोकप्रिय बन्दै अमृत रामदामको गीत “आफ्नै पिरैको”

इनेप्लिज २०८२ असार २० गते ०:३२ मा प्रकाशित

लामो समयदेखी अमेरिकाको बाल्टिमोरमा बस्दै आएका अमृत रामदामले बिल्कुलै फरक शैली र परदेशीको मर्म भाव समेटिएको नयाँ सांगीतिक कोसेली के कुरा गर्नु र “आफ्नै पिरैको” वोलको गीत आफ्नै अमृत रामदाम यूट्यूब च्यानलबाट बजारमा ल्याएका छन।

राजकुमार बगरको शब्द र कमल सौरागको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा लोकप्रिय मोडल बिमल अधिकारी र सारिका केसीको मुख्य अभिनय देख्न सकिन्छ ।

गीतलाई हालसालै अमेरिकाको बाल्टिमोरमै संचालनमा आएको यू एण्ड मी रेकर्डिग स्टूडियोमा सम्पूर्ण रेकर्डिग कार्य गरिएको हो।

नेपाली मौलिक भाकाका गीत-संगितलाई अत्यधिक माया गर्ने गायक रामदाम एक कुशल बाध्यबाधक पनि हुन, उनले सारंगी, मादल र बाँसुरी बजाउनुको साथै नौमती बाजाको सनही समेत बजाउछन।

मेरिल्याण्ड नौमती पन्चेबाजाको समुहको संयोजन गर्दै आएका अमृत रामदाम इनास मेरिल्याण्डका उपाध्यक्ष समेत हुन् । हालै मेरिल्याण्डमा सम्पन्न “इनास राष्ट्रीय सम्मान २०२५” मा रेड कार्पेट सहितको पन्चेबाजामा उन्को संयोजन टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए।

आफ्नै पिरैको पुरा भिडियो :

प्रतिक्रिया