पुनर्जन्म: विश्वास, मिथक सामाजिक चलन?

डी. बी. तामाङ २०८२ असार १९ गते २२:१८ मा प्रकाशित

नेपाल, जहाँ धर्म, संस्कार र परम्पराले समाजका प्रत्येक पाटोलाई असर गरेको छ, त्यहाँ पुनर्जन्मको अवधारणा निकै पुरानो र गहिरो छ। हिन्दू धर्मका ग्रन्थहरू, विशेष गरी गरुड पुराण, भगवती पुराण र अन्य धार्मिक कृतिहरूले मृत्युपछि आत्माले अर्को शरीरमा जन्म लिने विश्वासलाई मान्यता दिएका छन्। यसै आधारमा पितृ तर्पण, श्राद्ध तथा वैकुण्ठ गमन जस्ता संस्कारहरू गरिन्छन्। एउटा बुद्धिष्टको घरमा लास पर्छ लामा पुरोहितलाई बोलायापछी फोवा बार्दो बरेपछी मृतशरीरलाई घरमा राखेर नौ दिन राखेपछि मात्रै दहसंकर गर्नु पर्छ भन्छ अनि एकैस दिनमा घेवा, उन्पचास दिनको धुन्जे मानिस बिमारी भएर उपचार खर्च, अनि मरेको दिनदेखि अन्तिम संस्कार सम्म पुग्दा परिवारको घरखेत सबै सिध्याउने अनि आत्मालाई बैकुण्ठ पठाऊनेहरु ठग भन्दा अरु कोहि होइन। यो बिषयमा चाहे हिन्दु होस् वा बौधसंकर हो सरकारले निगरानी गर्न आवश्यक छ यस बिषयमा सामाजिक कानून लागु गर्न पर्ने देखिन्छ।

धेरैजसो हिन्दू पुरोहितहरूले यी संस्कारहरू सम्पन्न गराउँदा ठूलो धनराशि लिन्छन्। धार्मिक कर्मकाण्डले पुनर्जन्मको अवधारणालाई मात्र मजबुत पार्दैन, यसले सामाजिक तथा आर्थिक रूपमा पनि ठूलो प्रभाव पार्छ। पितृ कर्मकाण्ड गर्दा ठूलो दान–धर्म गर्ने चलनले गरिब तथा मध्यमवर्गीय परिवारहरूलाई आर्थिक रूपमा थिचिने अवस्था सिर्जना गर्न सक्दछ।

विभिन्न धर्म र संस्कृतिमा पुनर्जन्मको विश्वास फरक–फरक तरिकाले प्रकट हुन्छ। उदाहरणका लागि, तिब्बती बौद्ध धर्ममा पनि पुनर्जन्मलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ। यहाँका लामा गुरुहरूलाई पुनर्जन्मको अवतार (टुल्कु) मानिन्छ र उनीहरूको पुनर्जन्मलाई पहिचान गर्ने संस्कार अत्यन्तै गहन र धार्मिक रूपमा सम्मानित हुन्छ। यो पद्धति तिब्बती बौद्ध धर्मको पहिचान र सांस्कृतिक सम्पदाको एक महत्वपूर्ण अंश हो।

तर, वैज्ञानिक दृष्टिकोणबाट हेर्दा पुनर्जन्मको कुनै ठोस प्रमाण उपलब्ध छैन। मस्तिष्क र चेतनाको सम्बन्धलाई अध्ययन गर्ने विज्ञानले चेतना मस्तिष्कको जैविक क्रियाकलापको परिणाम हो भन्छ। मस्तिष्कको मृत्युपछि चेतना पनि समाप्त हुने भएकाले पुनर्जन्मको सिद्धान्तलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न सकिएको छैन।

धार्मिक विश्वास र वैज्ञानिक प्रमाणबीच रहेको यस अन्तरले पुनर्जन्म विषयलाई विवादास्पद बनाएको छ। कतिपय दर्शनशास्त्री र वैज्ञानिकहरूले पुनर्जन्मलाई मानव मस्तिष्कको कल्पना वा सांस्कृतिक मिथकको रूपमा व्याख्या गर्छन्। यद्यपि, यो विश्वास मानिसहरूको मृत्युप्रति भय कम गर्न र जीवनलाई अर्थपूर्ण बनाउन मद्दत गर्छ।

नेपालजस्तो बहुसांस्कृतिक समाजमा पुनर्जन्म सम्बन्धी धार्मिक कर्मकाण्ड र संस्कारले मानिसहरूको आस्थामा गहिरो असर पुर्याएको छ। तर, यसको सामाजिक र आर्थिक प्रभावलाई पनि बेवास्ता गर्न सकिँदैन। धार्मिक कर्मकाण्डको नाममा गरिने दान–धर्मले कतिपय अवस्थामा सामाजिक असमानता र आर्थिक भार सिर्जना गर्छ।

समापनमा भन्नुपर्दा, पुनर्जन्मलाई पूर्ण सत्य वा पूर्ण मिथक भनेर एकैपटक निर्णय गर्नु कठिन छ। यो विषय व्यक्तिगत आस्था, सांस्कृतिक पृष्ठभूमि र वैज्ञानिक तर्कशास्त्रको संयोजन हो। यसमा व्यक्ति–व्यक्तिको भिन्न मत रहनु स्वाभाविक हो।

धर्म र विज्ञानबीचको सन्तुलन र सहिष्णुता कायम राख्दै पुनर्जन्मको विषयलाई विवेकी दृष्टिले हेर्न आवश्यक छ DNA or also known as deoxyribonucleic acid is the molecule that carries the genetic instruction for building and operating a human being. आजका दिनसम्म मृत आत्मालाई बैकुण्ठ पठाउने पुरोहितहरु कतिजना बैकुण्ठ पुर्याएर कति जना फर्के आए कतिले पुनर्जन्म पाए? बरु धर्म प्रकृतिसंग छ, बर्दो पनि गर्नु पर्दैन, फोवा पनि गर्नु पर्दैन, रात्पाची बिहान, दिउँसो, बेलिका, साँझ,, शिशिर रीतुपछी बसन्त, इत्यादी। सम्बाद सत्य मा कसैले चित्त नादुखाएको राम्रो हुने ठान्दछु।

प्रतिक्रिया