भुठान—द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ भर्जिनियामा विशेष प्रर्दशन हुने भएको छ । अमेरिकाको भ्रमणमा रहनु भएका उक्त चलचित्रका वरिष्ठ कलाकार हरिवंश आचार्यको उपस्थिती रहने छ । डिसी क्षेत्रमा बसोबास गर्ने नेपाली चलचित्रलाई माया गर्ने र नेपाली चलचित्र हेर्न मन पराउने दर्शकहरुले कलाकार हरिवंश आचार्यसँग संगै चलचित्र हेर्न पाउनु हुनेछ ।
भूठान खुशीको नाममा लुकेको विस्थापनको पीडा भएको चलचित्र हो । ‘भुठान—द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नामक चलचित्रमा दुःखमा डुबेको एक व्यक्तिको कथा रहको छ । बिष्णु (हरिवंश आचार्य) दशौं पटक भुटानको प्रवेशाज्ञा (भिसा )नपाएर छटपटाउँछन्, जहाँ उनले आफ्नो जन्मभूमि मान्छन्।
भुटान सरकारले नेपाली भाषी भुटानी शरणार्थीहरूलाई “अनागरिक र अवैध आप्रवासी” भन्दै फर्काउन मान्दैनन् । चलचित्रले विष्णुमार्फत हजारौं भुटानी शरणार्थीहरूको भुटान फर्कने संघर्षलाई देखाउँछ।
बिष्णु हरियाली भुटानको सपना देख्छन्, तर उनको वास्तविक जीवन उजाड छ।
चलचित्रमा कलाकारहरुमा क्रमस हरिवंश आचार्य, अदिति प्याकुरेल, दयाहाङ राई, जोएस पाण्डे, ऋचा घिमिरे, पूजा चन्द, अनुराधा मजुम्दार, बिमल सुवेदी , टम क्रेन तथा ब्रुस डेर्न रहेका छन् । यो चलचित्र निर्देशन विनोद पौडेलले गरेका हुन् ।
कार्यक्रमको बिस्तृत जानकारी :
मिति: जुलाई १३, आइतबार
समय: बेलुका ४:३० बजे
स्थान: Cinema Arts Theater, Fairfax, VA
साथै जुलाई ७, बेलुका ७ बजे देखि ८:३० बजे सम्म Wyndham Garden, Manassas मा Meet & Greet कार्यक्रम पनि हुनेछ।
टिकट (प्रवेश पत्र)लिन यहाँ थिच्नु होस् :
https://www.epeakentertainment.com/
प्रतिक्रिया