६० मिनट्स कार्यक्रमको विवाद अब सकियो: ट्रम्पले जिते १६ मिलियन डलर , रकम पुस्तकालयलाई

इनेप्लिज २०८२ असार १८ गते ११:०८ मा प्रकाशित

प्यारामाउन्ट प्रतिष्ठान (कम्पनी)ले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको एउटा मुद्दा मिलाउन १६ मिलियन डलर दिने भएको छ। यो मुद्दा ‘६० मिनट्स’ नामक दूरदर्शन (टिभी )कार्यक्रममा पूर्व उपराष्ट्रपति कमला ह्यारिसको अन्तर्वार्तालाई लिएर परेको थियो।

सिबीएस न्यूजका मालिक प्यारामाउन्टले यो मुद्दा सुल्झाउन एकजना मध्यस्थकर्तासँग काम गरेको बिभिन्न पत्रपत्रिकाहरुले समाचार प्रकाशित गरेका छन् । सहमतिअनुसार, यो १६ मिलियन डलर ट्रम्पको भविष्यमा बन्ने राष्ट्रपतीय पुस्तकालय र मुद्दा लड्न लागेको खर्चमा प्रयोग हुनेछ। ट्रम्प र उनका साथी रोनी ज्याक्सनले सिधै पैसा पाउने छैनन्।

यो सम्झौतामा प्यारामाउन्टले माफी माग्नुपर्ने कुरा उल्लेख छैन।

प्यारामाउन्टले भविष्यमा ‘६० मिनट्स’ कार्यक्रमले राष्ट्रपतिका उम्मेदवारहरूको अन्तर्वार्ताको सबै लेखोट (ट्रान्सक्रिप्ट) सार्वजनिक गर्ने पनि सहमति जनाएको छ। तर, यसमा कानुन वा राष्ट्रिय सुरक्षाको चिन्ता भएमा केही भाग हटाउन सकिनेछ।

ट्रम्पले गत अक्टोबरमा जब उनी राष्ट्रपति पदका उम्मेदवार भएको बेला यो मुद्दा हालेका थिए। धेरैले यसलाई वाक् स्वतन्त्रता (फर्स्ट अमेन्डमेन्ट) माथिको हमलाको रूपमा हेरेका थिए। ट्रम्पलाई सिबीएस न्यूजले ह्यारिसको मध्यपूर्वबारेको एउटा प्रश्नको जवाफका दुई फरक भागहरू ‘फेस द नेसन’ मा र पूरा ‘६० मिनट्स’ कार्यक्रममा देखाएकोमा आपत्ति थियो।

यो मुद्दा टेक्ससको एक अदालतमा दायर गरिएको थियो । उक्त न्यायाधीशलाई ट्रम्पले सन् २०१९ मा नियुक्त गरेका व्यक्ति थिए। मुद्दा विज्ञापनदाताहरूले सामान बेच्दा जनतालाई झुक्याउन नपाउने उपभोक्ता संरक्षण कानुनमा आधारित थियो।

सुरुमा ट्रम्पले १० बिलियन डलर क्षतिपूर्ति मागेका थिए, तर फेब्रुअरीमा उनले २० बिलियन डलर पुर्‍याएका थिए, जसमा झूटो विज्ञापन र गलत प्रतिस्पर्धाको थप आरोप लगाएका थिए।

प्यारामाउन्टले यो मुद्दा बेकारको भएको र ‘६० मिनट्स’ ले सामान्य सम्पादन प्रक्रिया मात्रै अपनाएको बताएको थियो। कार्यक्रमका कार्यकारी निर्माता बिल ओवेन्सले अन्तर्वार्ताको बचाउ गरेका थिए र माफी नमाग्ने बताएका थिए। अप्रिलमा उनले सम्पादनमा स्वतन्त्रताको कमी भएको भन्दै राजीनामा दिएका थिए। केही हप्तापछि सीबीएस न्यूजकी प्रमुख वेन्डी म्याकमोहनले पनि आफू संस्था छोड्ने घोषणा गरेकी थिइन्।

प्रतिक्रिया