राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क राज्यका सांसद तथा न्यूयोर्क शहरका डेमोक्रेटिक नगर प्रमुख( मेयर )का उम्मेदवार जोहरन मम्दानीलाई गिरफ्तार गर्ने चेतावनी दिएका छन्।
यदि मम्दानीले आप्रवासन र प्रवेशाज्ञा प्रवर्तन विभागका कारवाहीहरुलाई अवरोध गरेमा उनलाई पक्राउ गरिने ट्रम्पले बताएका हुन्।
पत्रकारले मम्दानीको भनाइबारे प्रश्न गर्दा उनले विजयी भाषणमा हामी नकाब लगाएका आइसिइ गुप्तचरहरुलाई हाम्रा छिमेकीहरूलाई देश निकाल्न गर्न दिदैनौ भने । ट्रम्पले त्यसको जवाफमा भने “त्यसपछि हामी उनलाई गिरफ्तार गर्नुपर्ने हुन्छ।”
ट्रम्पले थपे, “हामीलाई बामपन्थी (कम्युनिस्ट )चाहिँदैन यो देशमा। तर यदि उनि हुन् भने म उनलाई राष्ट्रको तर्फबाट निकै ध्यानपूर्वक हेर्नेछु।”
जोहरन मम्दानीको जन्म युगान्डामा भएको हो । उनी सात वर्षको उमेरमा अमेरिका आएका थिए।
सन् २०१८ मा उनले अमेरिकी नागरिकता प्राप्त गरेका थिए।
प्रतिक्रिया