ट्रम्पको आग्रह — “सबै मिलेर हुन्छ भन्नुहोस्, देशका लागि ठूलो जित!”

इनेप्लिज २०८२ असार १७ गते २०:०० मा प्रकाशित

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटमा पारित भएको आफ्नो मुख्य योजना (विधेयक)लाई ठूलो सफलता भन्दै सबै रिपब्लिकन नेताहरुलाई मिलेर समर्थन गर्न आग्रह गरेका छन्।

सिनेट (उच्च सदन) बाट यो विधेयक पारित भइसकेको छ, अब हाउस (तल्लो सदन) मा मत हुन लागेको छ। ट्रम्पले सबै रिपब्लिकन सॅासदहरुलाई सामाजिक सॅजालमा प्रकाशन गर्दै भने,“अब यो तल्लो सदन वा सिनेटको मात्र होइन, सबैको विधेयक हो। हामी सबैले जितेका छौँ।”

ट्रम्पले अगाडी भनेका छन्, “मेडिकेसर, मेडिकेड ,र सामाजिक सुरक्षा जस्ता योजना काटिएको होइन, बरु बलियो बनाइएको हो। फजुल खर्च, भ्रष्टाचार र धोखाधडी हटाइएको छ।”

यो योजना जुलाई ४ अगाडि उनको टेबलमा पुगोस् भन्ने उनको चाहना छ । उनले सांसदहरूलाई भने मेरा रिपव्लिकन साथीहरू, एकजुट हुनुहोस्, रमाइलो गर्नुहोस्,र हो भन्नुहोस् ! 

सिएनएनका अनुसार ह्वाइट हाउसका एक उच्च अधिकारीका अनुसार ट्रम्पले धेरै सांसदहरूलाई दूरवार्ता गरेर यो योजनामा समर्थन मागिरहेका छन्। 

उनले भनेका छन् — “यो योजना सबै अमेरिकीहरुको लागि जित हो। अब हामी मिलेर अघि बढ्नुपर्छ!”

प्रतिक्रिया