दूधको साक्षी बिरालो जस्तो समिति बनाएर फुर्ती नगर्न गृहमन्त्रीलाई कार्कीको चेतावनी

बेद प्रसाद घिमिरे २०८२ असार १४ गते १४:३७ मा प्रकाशित

राप्रपा सांसद रोशन कार्कीले आफूले गृहमन्त्रीलाई निकै सोझो ठानेको तर निकै बाठो पाएको बताएकी छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्कीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले आफूलाई फुत्कन सजिलो हुने छानबिन समिति बनाएको बताएकी हुन् ।

दूधको साक्षी बिरालो जस्तो समिति बनाइएको उनको भनाई थियो । उनले भनिन् – त्यो समितिबाट उहाँलाई फुत्किन धेरै सजिलो भयो र कमाइलाई पनि बचाउन धेरै सजिलो भयो । सांसद कार्कीले एक दिन सबैले सरकार छाड्नुपर्ने बताउँदै अहिले धेरै फुर्ती नदेखाउन गृहमन्त्रीलाई चेतावनी पनि दिइन् ।

उनले भनिन्, – धेरै फुर्ती नदेखाउनुहोस् ! मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिँदैछ भनेर गृहमन्त्रीलाई उनले प्रश्न गरिन् थप भिडियोमा हेर्नुहोस

प्रतिक्रिया