ट्रम्पको ठोस् निर्णय: अब दंगाका नाममा एक पैसा पनि दिइन्न! 

इनेप्लिज २०८२ असार १४ गते १३:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत तीव्र सन्देश जारी गर्दै दंगा मच्चाउने समूहहरूलाई संघीय सहायता रोक्ने कडा निर्देशन दिएका छन्। 

उनले क्यालिफोर्नियाका कांग्रेस सदस्य केभिन काइलीले प्रस्ताव गरेकोदंगाका लागि करको पैसा निषेध शीर्षकको कानुन तुरुन्त पारित गर्न माग गरेका छन्।

राष्ट्रपतिले भनेका छन्, “यी अतिवादी समूहहरूलाई पैसा दिइन्छ, जसले शहर जलाउँछन्, नष्ट पार्छन्, र फेरि निर्माणका नाममा संघीय पैसा माग्छन्। अब यस्तो चल्दैन।”

उनले स्पष्ट रूपमा आफ्नो प्रशासनलाई आदेश दिएका छन् । र , उन्ले उक्त कानुन पारित होस् वा नहोस्, यस्तो गतिविधिमा संलग्न समूहहरूलाई कुनै पनि रकम नदिनु भनेका छन्।

प्रतिक्रिया