इजरायली सेनाले आफ्नो ऐतिहासिक “अपरेशन राइजिङ लायन” उदाउदो सिंह कारवाही अन्तर्गत ईरानभित्र ९०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ। इजरायल रक्षाबलका अनुसार यो कारवाहीमा कम्तीमा ११ जना ईरानी आणविक वैज्ञानिकहरू र ३० जना वरिष्ठ सुरक्षा अधिकारीहरू मारिएका छन्, जसमा ईरानी सैन्य संरचनाका तीन शीर्ष सेनापतिहरू पनि परेका छन्।
यसअघि सिएनएनले ईरानको सर्वोच्च सैनिक अधिकारी, इस्लामिक रिभोल्युसनरी गार्ड्स कर्प्सका प्रमुख र हवाई सेनाका प्रमुखको मृत्युबारे समाचार गरिसकेको थियो।
आइडिएफका अनुसार यो कारवाहीले कुल ९०० भन्दा बढी संरचनामा आक्रमण गरेको थियो। ईरानका २०० क्षेप्यास्त्र प्रक्षेपण स्थलहरू ध्वस्त पारिदिएको छ जुन इजरायलको दाबीअनुसार ईरानका आधा प्रक्षेपक प्रणालीहरू हुन्। साथै विमान र क्षेप्यास्त्र उत्पादन केन्द्रहरू नष्ट गरिँदा “हजारौं थप क्षेप्यास्त्र निर्माण रोकिएको” आइडिएफ ले जनाएको छ।
यसबीच, बिहीबार इजरायलका रक्षा मन्त्रीले संचार माध्यम (च्यानल १३ )सँगको अन्तर्वार्तामा भने, “अपरेशन राइजिङ लायन” नामक अभियानका दौरान ईरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई मार्ने मौका नभएको तर त्यस्तो अवसर भएको भए ‘हामी उनलाई खतम गर्ने थियौं’ भन्दै कडा चेतावनी पनि दिएका छन्।
प्रतिक्रिया