अमेरिकाको बिभिन्न राज्य तथा शहरहरुको भ्रमणमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा सांसद डा तोशिमा कार्कीसँग डिसी महानगर क्षेत्रको भर्जिनियामा अन्तर्क्रिया कार्यक्रम अद्वितीय तथा सफलता पुर्वक सम्पन्न भएको छ ।
प्रवास नेपाली सम्पर्क समितिले आयोजना गरेको कार्यक्रम जुन २६ ,२०२५ बिहिबारका दिन भर्जिनिया राज्यको सेन्टरभिल शहर कार्यक्रम भव्यताको साथ समापन गरियो । करिव अढाई घण्टा सम्म चलेको कार्यकममा निरन्तर रुपमा सांसद कार्कीले आफ्नो भनाई राख्नुको साथै सुझाव ,सल्लाह र थुप्रै जिज्ञासा राखिएका थिए । सांसद डा कार्कीले सबैको जिज्ञाशाको उत्तर दिन भ्याईन ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी(दल)लाई बहुमत ल्याउन सबैको साथ र सहयोग गर्न आह्वान गरिन । उनले सभापति रबि लामिछानेलाई थुनामा राखेको कुराको चर्चा गरिन । उनले रास्वपालाई कम्तिमा १०० जना सांसदहरुको आवस्यक रहने र त्यति भएमा ठूलो भूमिका निर्वाह गर्न सकिने बताइन । तर उनले ८४ मा रास्वपाले बहुमत ल्याउने जनाइन । तर त्यसको लागि तपाईहरुको साथ र सहयोगको आवश्यक पर्ने छ ।
उनले आफू स्वास्थ्य राज्य मन्त्रि हुँदा महिलाहरुको स्तन र अबुर्द रोगको समस्याको लागिआफूले अहम भूमिका गरेको बताइन । उनले आफ्नो छोटो कार्यकालमा गरेको बारेमा छोटो जानकारी गराइन । उनले ८४ मा हामी बहुमत ल्याउछौ । हाल हामी १९ जना मात्र सांसद छौ । उनलाई राखिएको जिज्ञासाको उत्तर दिदै भनिन् ,हामीले समर्थन गर्दा पनि नगर्दा पनि गठबन्धन सरकार गठन हुन् सक्छ ।
उनले उपस्थित भिडलाई भनिन् ,विश्वास गरेर सपरिवार सहित रास्वपालाई मत दिन आग्रह गर्दै एक पटक मौका दिन आग्रह गरिन । ८४ को लागि अहिले देखि छुट्टी मिलाउन आग्रह गर्दै मतदान दिन मिल्नेले नेपाल आउन र मतदान गर्न नमिल्नेले साथ र सहयोग गर्न आउन अनुरोध गरिन ।
उनले आफूले चिकित्सक पेशा छोडेर हिम्मत गरेर राजनीतिमा होमिएको र परिवर्तन गरेको बताइन । उनक्ले आह्वान गर्दै भनिन् ,तपाईहरु जुनसुकै दल चाहे कांग्रेस या एमाले या अन्य जे भए पनि सबैलाई एक पटक हिम्मत गरि मत परिवर्तन गर्न आह्वान गरिन ।
गैर आवासीय नेपाली संघको लागि एक पटकको नेपाली सदैव नेपालीको पक्षमा रहेको बताइन । हामीले लडाउन ,ढाल्न ,पछार्ने काम निरन्तर भै रहेको र आक्रमण भै रहेको बताइन । एनआरएनएको मतदान अधिकार र अरु समस्यामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन ।
वंशज नागरिकता खारेज गर्नु हुदैन भन्ने पक्षमा रास्वपा रहेको स्पष्ट पारिन । तर त्यसको लागि बहुमत ल्याउनु पर्ने हुन्छ । हामी विदेशमा रहेकाले मतदान हाल्न पाउनु पर्छ । तर त्यसलाई छलफलमा ल्याउनु पर्छ । तर रास्वपा बहुमतमा छैन । त्यसको लागि बहुमत जरुरी हुन्छ । उनले अगाडी भनिन् रास्वप गणतन्त्रवादी हो । हामी संघियताको पक्षमा छौ ।
भर्जिनियामा रास्वपाकी डा तोशिमा कार्कीसँग भएको अन्तरक्रिया अद्वितीय हुनुको साथै प्रश्न माथी प्रश्न र सुझावको एक भारी भएको छ । हामी गणतन्त्रवादी हौ तर यसलाई अझ सबल बनाउनु पर्ने छ ।
कार्यक्रम संचालन चन्द्र लामाले गरेका थिए भने रास्वपाका अमेरिकाका रमेश भट्ट (नेपाली छोरो)ले अन्त्यमा बोलेका थिए ।
प्रतिक्रिया