ग्लोबल कलेजअन्तर्गत सञ्चालित ग्लोबल स्कुल अफ साइन्सले उत्कृष्ट २५ छात्रवृत्ति घोषणा गरेको छ । विज्ञान समूहतर्फ +२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाइने कलेजले जनाएको छ । गुणस्तरीय शिक्षाका लागि युवाको विदेश पलायनलाई न्यूनीकरण गर्दै स्वदेशमै डाक्टर, इन्जिनियर, वैज्ञानिक जस्ता जनशक्ति निर्माण गरी सिपयुक्त र उद्यमशील नागरिक उत्पादनको लक्ष्य रहेको कलेजले बताएको छ ।
सो व्यवस्था यस वर्षको एस.र्ई.ई. परीक्षा दिएर बसेका विद्यार्थीहरू मात्र यस कार्यक्रममा सहभागी हुन पाउने कलेजले जनाएको छ । जि.एस्.एस्. मेरिट टप–२५ नाम दिइएको उक्त योजनामा सहभागी हुन चाहने विद्यार्थीले कलेज प्रशासनमा वा वेभसाइटबाट पनि दरखास्त दिनसक्ने कलेज प्रशासनले जनाएको छ । त्यसका लागि लिइने परीक्षामा कक्षा १० मा अध्ययन गरिएका विषयवस्तु समेटिने तथा ६० अङ्कको लिखित परीक्षा हुने र लिखित परीक्षामा ४५ अङ्कभन्दा माथि प्राप्ताङ्क हुने विद्यार्थीलाई अन्तर्वार्तामा सहभागी गराइने ग्लोबलले उल्लेख गरेको छ ।
छात्रवृत्ति परीक्षा–६०, अन्तर्वार्ता–१० र जिपिए–३० गरी १०० पूर्णाङ्क मानेर उत्कृष्ट २५ छानिने कलेजले जनाएको छ । कलेजका अनुसार एसईई नतिजा आएको पाँचौँ दिन पूर्ण छात्रवृत्तिको परीक्षा तथा अन्तिम नतिजा सोही दिन साँझ प्रकाशित हुने छ । सो परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीलाई तयारीका लागि चाहिने नमुना प्रश्नपत्रको पुस्तकसमेत कलेज परिसरबाट निःशुल्क उपलब्ध गराइएको जनाएको छ । उक्त परीक्षाको समयतालिका इमेल तथा फोनमार्फत् विद्यार्थीलाई जानकारी दिइने कलेज प्रशासनको भनाइ छ । साथै, भर्ना भएका विद्यार्थीका लागि सत प्रतिशत पास गराउने एवं गुणात्मक परिणाम दिने प्रतिबद्धता कलेजको छ ।
प्रतिक्रिया