अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक स्थलहरू “पूर्ण रूपमा ध्वस्त” भएको आफ्नो दाबी दोहोर्याएका छन्। गत शनिबार अमेरिकी हमलापछि उनले संचारमाध्यमले “इतिहासको सबैभन्दा सफल सैन्य हमलाहरू मध्ये एकलाई अपमानित गर्ने” प्रयास गरिरहेको सामाजिक सञ्जाल मार्फत बताएका थिए ।
तर, प्रारम्भिक गुप्तचर मूल्यांकनले अमेरिकी हमलाहरूले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा समाप्त नगरेको र यसलाई केही महिना मात्रै पछि धकेलेको संकेत गरेको छ। यस बारे दुई जना जानकार व्यक्तिहरूले यसको पुष्टि गरेका छन्। रक्षा गुप्तचर निकाय एजेन्सीर अमेरिकी केन्द्रीय कमाण्डद्वारा तयार पारिएको यो प्रतिवेदन गोप्य रहेको छ। रक्षा विभाग र गुप्तचर समुदायले थप जानकारी सङ्कलन गर्दै जाँदा यसका निष्कर्षहरू परिवर्तन हुन सक्ने बताइएको छ।
राष्ट्रपति ट्रम्पले आणविक स्थलहरु अत्यन्तै सफल भएको बताई रहेका छन् । उनले इरानको आणविक क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको जनाएका छन् । बिभिन्न संचार माध्यमहरुका अनुसार तर यसको विपरीत, गुप्तचर प्रतिवेदनहरूले इरानको आणविक कार्यक्रम अझै पनि केही हदसम्म अक्षुण्ण रहेको र यसलाई फेरि सक्रिय हुन धेरै समय नलाग्ने सम्भावना देखाएका छन्।
प्रतिक्रिया