काठमाडौं – सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ हुने भएको छ । अवार्डको सातौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा २०८१ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।
सगरमाथा म्युजिक अवार्डका ६ संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । सातौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप आधुनिक विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।
अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपालले जनाएको छ । त्यसै एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिने छ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले बताए ।
१) सर्वोत्कृष्ट राष्ट्रिय भाव
२) सर्वोत्कृष्ट चलचित्र गीत
३) सर्वोत्कृष्ट पप–आधुनिक गायक
४) सर्वोत्कृष्ट पप– आधुनिक गायिका
५) सर्वोत्कृष्ट पप– आधुनिक गीतकार
६) सर्वोत्कृष्ट पप– आधुनिक गीतकार महिला
७) सर्वोत्कृष्ट पप– आधुनिक संगीतकार
८) सर्वोत्कृष्ट पप– आधुनिक युगल गायन
९) सर्वोत्कृष्ट पप– आधुनिक मोडल पुरुष
१०) सर्वोत्कृष्ट पप– आधुनिक मोडल महिला
११) लोक पप गायन
१२) सर्वोत्कृष्ट लोक दोहोरी गायक
१३) सर्वोत्कृष्ट लोक दोहोरी गायिका
१४) सर्वोत्कृष्ट लोक दोहोरी लय
१५) सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला
१६) सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष
१७) सर्वोत्कृष्ट म्युजिक भिडियो छाँयाकार
१८) सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक
१९) सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
२०) सर्वोत्कृष्ट नव प्रतिभा मोडल
२१) नव प्रतिभा गायन
प्रतिक्रिया