अमेरिकामा नेपाली प्रतिभाको गौरवपूर्ण सम्मान : ‘ईनास राष्ट्रिय सम्मान २०२५’ अमेरिकामा आयोजित, १६ विशिष्ट व्यक्तित्वलाई सम्मान

इनेप्लिज २०८२ असार ९ गते २३:०४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली कला, संस्कृति, भाषा, समाजसेवा र खेलकुद लगायत बिबिध बिधामा विशेष योगदान पुर्‍याउने १६ विशिष्ट व्यक्तित्वहरूलाई ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरिएको छ। 

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिका राष्ट्रीय समितिको आयोजना र ईनास मेरिल्याण्ड राज्य समितिको ब्यबस्थापनमा आयोजित भव्य समारोहमा उक्त सम्मान प्रदान गरिएको हो।

गत शनिबार सम्पन्न कार्यक्रममा मेरिल्याण्डका सक्रिय रूपमा रहेका  सबै संघ संस्थाहरुको साथ र सहभागिता रहेको थियो ५०० भन्दा बढी दर्शकहरुले  भरिभराउ हलमा नेपाली सेलिब्रिटीहरुको बाग्लो उपस्थिति देखिन्थ्यो। 

ईनास अमेरिका राष्ट्रीय समितिको अध्यक्ष राहुल केसीको अध्यक्षता र ईनास ग्लोबलकी संरक्षक नीता श्रेष्ठको प्रमुख आतिथ्यमा इनास ग्लोबलका प्रतिनिधिहरु बरिस्ठ उपाध्यक्ष साबु गदाल, प्रवक्ता प्रकाश तिवारी, सचिव आन्नदु लामा, सह-कोषाध्यक्ष कृष्ण श्रेष्ठ सलाहकार रबि कार्की इनास नर्थ अमेरिका क्षेत्रीय संयोजक कन्हैया सिंह परियार स्थानीय जन प्रतिनिधि मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य डा ह्यारी भण्डारी (विद्या वारिधि), सिनेटर कार्ल ज्याक्सन लगायत उपस्थिति उल्लेखनीय रह्यो।

सम्मानित व्यक्तित्वहरूमध्ये मानवअधिकार र सांस्कृतिक प्रवर्द्धनमा योगदान दिने पूर्णसिंह बराइली,ललितकला क्षेत्रमा सक्रिय राजेन्द्र केसी,उदीयमान गायिका आश्रा कुँवर,दृष्टिविहीन प्रतिभाशाली कलाकार सुजन ढकाल,संस्कृति जगेर्नामा समर्पित संस्था नेपाल पासा पुचः अमेरिकाय विशेष रूपमा सम्मानित भए।

त्यस्तै,गीतकार तथा साहित्यकार अम्बिका गुरुङ, समाजसेवी विजया शाह, उद्यमी अमर छन्त्याल, पत्रकार तथा अधिकारवादी सच्ची मैनाली, नृत्य कोरियोग्राफर(नृत्य निर्देशक) नवीन केसी, तेक्वान्दो प्रवर्द्धक दम्पती कुमार कार्की तथा कल्पना कार्की, वरिष्ठ गायक प्रकाश श्रेष्ठ, पार्कर खेलाडी दिनेश सुनाम, अभिनेत्री*दिब्या रायमाझी, र स्वयंसेवी रुबी पौडेल तथा अपेक्षा परियार समेत सम्मानित भए।

कार्यक्रममा गुरुङ र नेवार समुदायद्वारा सांगीतिक झाँकी प्रस्तुत गरियो भने बालकलाकारहरूले हिमाल, पहाड र तराई झल्काउने मनमोहक नृत्य प्रस्तुत गरेका थिए। रातो गलैचामा पाहुनालाई परम्परागत पञ्चैबाजासहित स्वागत गरिएको थियो।

नेपाली चलचित्र ‘तेल भिसा र वेब सिरिज ‘घर बट इन अमेरिका’को टिमलाई पनि सम्मान दिइएको थियो। अमेरिका र विभिन्न युुरोपेली मुलुकबाट पुगेका कलाकारलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरिएको थियो ।

राष्ट्रिय कलाकारको सामूहिक गायन प्रस्तुतिले श्रोता, दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो । इनास संस्थाका विभिन्न कार्यसमिति, राज्य समिति र राष्ट्रिय समितिका अध्यक्षलाई ईनास सम्मान प्रदान गरिएको थियो ।

इनास ग्लोबलका प्रवक्ता प्रकाश तिवारीले संस्था स्थापनाको उद्देश्य र इतिहासबारे जानकारी दिएका थिए ।

ईनासद्वारा प्रदान गरिएका यी सम्मानहरूले प्रवासमा रहेका नेपालीहरूलाई थप प्रेरणा र सम्मानित गराउने कार्यमा योगदान पु¥याएको छ।

प्रतिक्रिया