इजरायलको गोप्य सैन्य मुख्यालयमा इरानको निशाना : बेर्शेबाको अस्पताल नजिकैको टेक पार्कमा आक्रमणको दाबी

इनेप्लिज २०८२ असार ५ गते ११:२८ मा प्रकाशित

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स आईआरजिसिले बिहीबार एक इजरायली गुप्तचर र कमान्ड सेन्टर(निर्देशन केन्द्र)लाई “अस्पताल नजिकै” निशाना बनाएको बताएको छ।

इरानको सरकारी समाचार निकाय (एजेन्सी )इर्नाले बिहीबार आइआरजीसिलाई उद्धृत गर्दै भन्यो, “यस कारबाहीमा (इजरायली) शासनको सेनाको कमान्ड र गुप्तचर केन्द्रलाई अस्पताल नजिकै उच्च सटीकताका साथ र सही निशानामा पारिएको थियो।”

विज्ञप्तिमा लक्षित कथित निर्देशन केन्द्र अस्पताल वा तिनीहरूको स्थानबारे भने खुलाइएको छैन। यसअघि, इजरायलले दक्षिणी सहर बेर्शेबामा रहेको सोरोका अस्पतालमा बिहीबार बिहान सीधा निशानामा परेको बताएको थियो।

प्रतिक्रिया