बिहीबार बिहान इरानले प्रहार गरेको एउटा प्राक्षेपिक (ब्यालिस्टिक )क्षेप्यास्त्रले दक्षिणी इजरायलको एक अस्पतालमा “सीधा प्रहार” गर्दा ठूलो क्षति पुगेको इजरायलले जनाएको छ।
इजरायलको आधिकारिक सामाजिक सञ्जाल मार्फत इरानी शासनले बेर्शेबाको सोरोका अस्पताललाई प्राक्षेपिक(ब्यालिस्टिक) क्षेप्यास्त्रले निशाना बनाएको जनाएको छ । एउटा प्रमुख चिकित्सा केन्द्रमा प्रहार भएको एबिसीन्यूजले समाचार प्रकाशित गरेको छ ।
प्रकाशनमा अगाडि भनिएको छ, “हामी चुप लागेर बस्ने छैनौं। हामीले आफ्ना जनताको रक्षाका लागि जे गर्नुपर्छ, त्यो गरिरहनेछौं।”
इजरायल प्रहरी बलले अस्पतालबाट २० जना बिरामीलाई सुरक्षित स्थानमा सारिएको बताएको छ। यद्यपि, उनीहरूले पूरै अस्पतालको निरीक्षण भने गरि नसकेको जानकारी गराएका छन् । इजरायली सैन्य अधिकारीका अनुसार बिहीबार इजरायलमा दर्जनौं प्राक्षेपिक क्षेप्यास्त्रहरू प्रहार गरिएका थिए ।
प्रहरीले बिहीबार बिहान मध्य इजरायलका “धेरै स्थानहरूमा” र दक्षिणी जिल्लाको अस्पताल परिसरमा क्षेप्यास्त्र खसेको विवरणहरु प्राप्त भएको बताए। प्रहरी बलले एक विज्ञप्तिमा भनेको छ, “प्रहरी अधिकारीहरू र बम निष्क्रिय इकाईटहरू घटनास्थलमा छन् र उनीहरूले सर्वसाधारणलाई सबै प्रभावित स्थानहरूबाट टाढा रहन आग्रह गरेका छन्।”
प्रतिक्रिया