एकबहादुर क्षत्री, अमेरिका
बिकाशको सिलसिलामा बस्तु विनिमयलाई बिस्थापित गर्दै सिक्का र नोटको प्रचलनमा आयो। सिक्का र नोटबाट हुने आर्थिक कारोबारलाई अझ सहज, सुरक्षित गराउन्दै कम खर्चिलो, पारदर्शी, चोरी चाकरी नहुने, कारोबारको लेखाजोखा हुने, भरपर्दो साधन मानी बहुशंख्य रुपमा चेक र पत्ताको उपयोग हुँदै आर्थिक कारोबार हुँदै आएको छ।
सिक्का र नोटको अपारदर्शीताको कमजोरी सो को कारणले लेनदेन गरेको लुकाउन सकिनेलाई गुण भएको हुँदा अपराधिक कार्य गर्ने, कर छल्ने, दुर्ब्यशन गर्ने गराउने, भ्रस्टाचार गर्ने गराउने, माया प्रिति समेत लाई दखल गर्ने गराउनेका लागी बरदान भएको छ। तिनीहरुको सिक्का र नोटमा मोह बढेको र सिक्का र नोटको हटाउने र आर्थिक कारोबारलाई स्वच्छ नबनाई धमिलो बनाउने लागी परेका छन्।
जस्ले गर्दा सर्ब साधारणले कर धेरै तिर्नु पर्ने, अदालतबाट न्याय नपाउने, संबिधान प्रदत मौलिक हकबाट बन्चित हुनु पर्ने, आफना भबिष्यका ज्योति कहिलिएका आफना बच्चाहरु आफ्नै अगाडी दुर्ब्यशनि हुने सधैको त्राशपार गरि दुर्ब्यशनिको ब्यपारी र भ्रस्टचारी हुने डरमा जिन्दगी बिताउनु परेको छ। चेक र पत्तामा गरेको आर्थिक कारोबारनै अपराधिक कार्यमा सहयोग हुने गरेको छ।
जनताको सेवा गर्ने भनि सरकार जाने देखि काममा नोट र सिक्काको दुरुपयोग गर्दै जनताको सुरक्षाको नाम विभिन्न बहाना सुरक्षा खर्च बढी गरेर जनतासित बढी कर असुली गर्नु परेको छ र सरकारको कमजोरीको कारण कालान्तरमा सत्ता गुमाउनु परेको छ। सत्ताधारीले अमुख सम्पति कमाउन सत्ता थमाउन अपारदर्शिक नोट र सिक्काको दुरुपयोग गर्दै सत्ता बचाउनको लागी बिरोधि दललाई समेत किन्ने गरेको र नोट र सिक्काको कारोबारले अर्थतन्त्र असर नपारेको नोट र सिक्काको खारेज गर्न नहुने वकालत गरेका छन् र अहिले कुनै देशमा पनि नोट र सिक्काको प्रचलनमा बन्देज छैन असम्भब कुरो हो भनि राखेका छन् नोट र सिक्काको खारेज गर्ने काम नकारी राखेका छन् ।
नेपालमा २०४७ सालमा पंचायती निरङ्कुश भनि बहुदल आएर दलहरुले नोट र सिक्काको आडमा भ्रस्टाचार गरि राजालाई नै फालेर गणतन्त्र ल्याएर दलहरुले संघियता नाम देशको कुनाकुना बिकाशको नाम भ्रस्टाचार गराएर अहिले देश समाल्नको लागी राजा फर्काउने भ्रस्टचारी
आन्दोलनमा लागेको छ।
राजसंस्था कायम गरि भ्रस्टाचार कम हुने कुरा ठूलो भ्रम हो अहिलेका जनता पत्याएका छैनन पत्याउनु पनि हुन्न । राजा फर्काउने आन्दोलनकारीले नोट र सिक्का खारेज गरेर भ्रस्टाचार निर्मुल गर्ने राजसंस्था फर्काउने कुरा गरे जनता सहमत हुने छन् भ्रस्टचारी शासक कहिले पनि आबश्यकता होइन।
हेका रहोश पानी जहाजको सानो प्वालबाट पानि पानि जहाजमा पसेर पानि जहाजलाई डुबाउने सामर्थ्य छ र पानि जहाजको लागी सो सानो प्वाल दुश्मन हो प्वाल समयमा नै बन्द गर्नु पर्ने हुन्छ। त्यस्तै ठूलो हात्तीलाई सानो कमिलाले सुंडमा तोकेर सताउने र सानो आगोले ठूलो घना जंगल सखाप गर्ने सामर्थ्य राख्छ। फोहर पानी भरिएको घडामा सम्पूर्ण स्वच्छ पानी फेर्दैमा घडाको पानी स्वच्छ हुदैन।
नोट र सिक्का खारेज गरेर भ्रस्टाचार निर्मुल गर्ने काम गाह्रो छैन कुनै तहको सरकार स्थानीय सरकार , प्रदेश सरकार, संघिय सरकार चाहे बिकसित देश होस् वा अविकसित देश होश जुन सुकै स्थानमा ९० दिनमा नोट र सिक्का को प्रचन निर्मूल गरि सुलभ, थोरै कर लगाएर सुशासन कायम गर्न सकिन्छ।
सर्बत्र जनमानसले नोट र सिक्का खारेज गरि नोट पत्ता उपयोग गर्ने अभियानमा जुट्नको प्रोत्साहन मिलोस भन्दै एकबहादुर क्षत्रीको शब्दमा अजित घिमिरेको स्वर गुन्जिएको “म जन्मेको तिम्रो लागी म बाचेको तिम्रो लागी” भिडियो सुन्नु हुनेछ, गुनगुनाउने हुनेछ र साथी भाइलाई अबश्य शेयर गरि गरिदिनु हुनेछ।
यस गीतका निर्माता तथा गीतकार एक बहादुर क्षत्री हुन् भने गायक तथा संगीतकार डा अजित घिमिरे हुन् । सङ्गीत संयोजन राजु कार्कीको रहेको छ भने सुरेश पायल राईले यसलाई रेकर्ड गरेका हुन् । सम्पादन राजु जङ्ग बस्नेतले गरेका हुन् भने यसको परिकल्पनाकार नब राज ढुंगेल रहेका छन् ।
गीत सुन्न यहाँ थिचु होला :
प्रतिक्रिया