चलचित्र विकास बोर्डको सदस्यमा छायाँकार विरेन्द्र भट्ट नियुक्त

इनेप्लिज २०८२ जेठ ३ गते १:२० मा प्रकाशित

काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा छायाँकार विरेन्द्र भट्ट नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी बिहिवार सदस्यमा नियुक्त भएका हुन् । उनले बिहिवार नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको हातबाट नियुक्ति पत्र लिइ सकेका छन्।

नियुक्तिको पत्र बुझेपछि भट्टले बोर्डमा रहेर नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारको कार्य गर्न लागी पर्ने बताए ।

भट्ट लामो समयदेखि फिल्म क्षेत्रमा प्राविधिकका रुपमा सक्रिय छन् । डोटी जिल्लामा जन्मिएका भट्टले ठुलो पर्दाका चलचित्र धुन,आरोप,चिहान लगाएत आधा दर्जन भन्दा बढीको छायांकन गरेका छन्। यसअघि बोर्ड सदस्यमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । बोर्डमा अझै एक सदस्य पद रिक्त छ ।

प्रतिक्रिया