लस भेगास :- हुभर बाँध अमेरिकाको नेभाडा र एरिजोना राज्यको सिमानामा रहेको ऐतिहासिक र विशाल बाँध हो।यो बाँध कोलोराडो नदीमा १९३१ देखि १९३६ को बीचमा निर्माण गरिएको हो।
महामंदीको समयमा निर्माण भएको यो बाँधले हजारौं मानिसलाई रोजगारी दिएको थियो।यो बाँध फ्र्याङ्कलिन डी। रुजवेल्टको शासनकालमा सुरू गरिएको थियो।यसको नाम अमेरिका को ३१औँ राष्ट्रपति हरबर्ट हुभरको नाममा राखिएको हो।
हुभर बाँधले जलविद्युत उत्पादन, सिंचाइ र बाढी नियन्त्रणमा ठूलो भूमिका खेलेको छ।यो बाँध ७२६ फिट अग्लो र १२४४ फिट लामो छ, जुन विश्वकै इन्जिनियरिङ चमत्कारहरूमध्ये एक मानिन्छ।बाँधले बनाएको कृत्रिम ताल अमेरिका कै सबैभन्दा ठूलो जलाशय हो।
मैले पहिलो पटक हुभर बाँध हेर्ने अवसर पाएको थिएँ।हाम्रो यात्रा नेभाडाको लास भेगास सहरबाट सुरू भयो।कारबाट झन्डै ४५ मिनेटको रमाइलो ड्राइभ पछि हामी बाँधको नजिक पुग्यौं।
पछाडिबाट सूर्यको झुल्को पर्दै गर्दा बाँधको दृश्य अझ मनमोहक देखिन्थ्यो।त्यहाँ पुगेपछि म हतारिएर दृश्य अवलोकन गर्न इदकभचखबतष्यल म्भअप तर्फ लागेँ।पहिलो नजरमै यो बाँधको विशालता र निर्माण कलाले मलाई स्तब्ध बनायो।
मैले त्यहाँको संग्रहालय र जानकारी केन्द्र पनि घुमें जहाँ बाँधको इतिहास, निर्माण प्रक्रिया र प्रविधिबारे थुप्रै कुरा सिकें।सुरुङ, पाइपलाइन, टरबाइन र पावर प्लान्ट हेर्दा विज्ञानप्रति मेरो रुचि अझ बढ्यो।
एक पलका लागि लाग्यो, मानौं म कुनै ऐतिहासिक युगको यात्रामा छु।त्यहाँको सेतो काँक्रे झैँ देखिने बाँधको पर्खालले मलाई नेपालको बाँधहरूसँग तुलना गर्न बाध्य बनायो।हुभर बाँधमा बिताएको त्यो केही घण्टा मेरो जीवनको प्रेरणादायी क्षणमध्ये एक बन्यो।
हुभर बाँध न केवल अमेरिका को इन्जिनियरिङ्ग कौशलको उदाहरण हो, यो इतिहास, प्रकृति र मानवीय मेहनतको संगम पनि हो।यो यात्रा मैले कहिल्यै नभुल्ने गरी मेरो स्मृतिमा बस्यो।
प्रतिक्रिया