कविता : सजिलो छैन पीडा लुकाउन।

मदन बस्नेत, टोरोन्टो। २०८२ जेठ १ गते २२:५९ मा प्रकाशित

सजिलो छैन यहाँ

पीडा लुकाउन

बताउँ कसलाई बताउँ ?

साथीभाइलाई भन्न

मेरो मर्दाङ्गीले दिँदैन

समाजले गिज्याउने डरले

रोइ कराइ गर्न हुँदैन

छोरो मान्छे परेँ म

ससुराली गएर

पीडा बिसाउन मिल्दैन

घरमा भनूँ

हुतिहाराको ट्याग लाग्छ

त्यसैले अचेल

मेरो बास

साँइलीको भट्टीमा हुन्छ

दुई चोक्टा भुटनेस र

तिन पानेको चुस्कीसंगै

सारा पीडा

निमेष भरमै

सफाचट हुन्छ।

मदन बस्नेत, टोरोन्टो।

प्रतिक्रिया