राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले स्वीकार गरेका दक्षिण अफ्रिकाका स्वेत आप्रवासीहरू डिसी पुगेका छन् ।
एक विमानद्वारा आएका उनीहरु सोमबार डिसी महानगर क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे । जसमा दक्षिण अफ्रिकाका दर्जनौं स्वेत आप्रवासीहरू बालबालिका सहित आएका थिए। अमेरिकी विदेश बिभागका एक अधिकारीका अनुसार ट्रम्प प्रशासनले तिनीहरूलाई अमेरिकामा शरणार्थीको स्थिती दिएको छ ।
विमानस्थलमा अमेरिकी अधिकारीहरूको स्वागतको लागि पुगेका थिए । जसमा उप सचिव क्रिस्टोफर ल्यान्डाउ र होमल्याण्ड सुरक्षा उप सचिव(अमेरिकी गृह बिभाग) ट्रोय एडकर्स पनि थिए। ल्यान्डाउले संवाददातासँग भने, “उनीहरूले दक्षिण अफ्रिकामा घोर भेदभावको सामना गरेका छन् ।,”
ल्यान्डाउले अगाडी भने नयाँ आगन्तुकहरूलाई दक्षिण अफ्रिकामा आगमनको अघि “सावधानीपूर्वक जाँच” गरिएको थियो। उनीहरू आइतबार जोहान्सबर्गबाट भाडाको विमानमार्फत प्रस्थान गरेका थिए।
यस वर्षको आरम्भमा राष्ट्रपति ट्रम्पले आफ्नो सरकारलाई युरोपेली वंशका दक्षिण अफ्रिकालीहरू विशेषगरी अफ्रिकीलाई जो डच (नेदरल्याण्ड) बासिन्दाहरूका वंशज हुन् । ट्रम्पले अमेरिकी शरणार्थी कार्यक्रममार्फत पुनर्स्थापनाको अनुमति दिन निर्देशन दिएका थिए।
प्रशासन र त्यसका सहयोगीहरू जसमा दक्षिण अफ्रिकाली मध्ये बिश्वकै धनाढ्य इलन मस्क मस्क पनि सामेल छन् । दक्षिण अफ्रिकाको स्वेत अल्पसंख्यकले सरकारको पछिल्लो जातीय भेदभाव र विभाजनको सामना गरेको दाबी गरेका छन्, जसमा एक विवादास्पद कानूनी प्रावधान पनि छ जसले सरकारलाई केही परिस्थितिहरूमा निजी जमिन जफत गर्न अनुमति दिन्छ।
“दक्षिण अफ्रिका जमिन जफत गर्दैछ, र केही वर्गका मानिसहरूलाई धेरै नराम्रोसँग व्यवहार गर्दैछ,” राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा लेखेका थिए।
दक्षिण अफ्रिकी सरकारले भेदभावको दावीलाई दृढ अस्वीकार गर्दै जमिन जफत गर्ने कानूनी प्रावधानले निजी सम्पत्ति अधिकारको सम्मान गर्दछ ।
ल्यान्डाउले यस वर्षमा दक्षिण अफ्रिकाका किसानहरूमा भएको आक्रमणहरूको उल्लेख गर्दै भने नयाँ आगन्तुकहरूले “गम्भीर र लक्षित धम्कीहरूको सामना गरेका छन्।”
ट्रम्प प्रशासनले दक्षिण अफ्रिकी सरकारसँग इजरायलको आलोचना लगायतका विदेश नीति विषयमा पनि विवाद गरेको थियो। राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा एक कार्यकारी आदेशमा आफ्नो सरकारलाई दक्षिण अफ्रिकालाई सहयोग बन्द गर्ने आदेश दिएका थिए।
प्रतिक्रिया