डिग बहादुर तामाङ्ग
हामी मानव भएर, सबैजना जहाँ भएतापनि, जो धर्ममा हामीहरु बिश्वास र आस्थ राख्दछौं तर हामीहरु अविभज्यरुपमा अन्तर सम्बन्धित छौं, ती सबैपूर्णरुपमा जागृत र स्वतन्त्र होऊन । यस संसार र सम्पूर्ण ब्रहमान्डमा शान्तिको वातावरण हामी सबै मिलेर आध्यात्मिक यात्रा पूरा गरौं ।
यसपालीको बुद्धजयन्ती उपलक्षमा भिन्नै खालको लेख लेख्न मन लागेर केहि किताबहरु पढेर केहि खोज अनुसन्धान गरेर नौलो खाले भएतापनि हाम्रो समाजमा नौलो नै भन्ने हो । मैले मेरो जीवनमा धेरै लामाहरुको संगत गरेँ, धेरै गुम्बहरुमा गएर (ला ज्याल्ची) देवीदेवताहरुको दर्शन गरें ।
उमेरसंगै मेरो मनले खोजेको गौतम बुद्धले दिएको ज्ञानको भण्डार फुकाएर प्रवचन दिने मान्छे नै पाएन । अमेरिकामा आएर, धेरै महासिद्ध लामाहरुको पेनोर रिम्पोचे,शामार रिन्पोचेहरु दर्शन गर्ने मौका मिल्यो तर उहाँहरुले मेरो छोटो भेटमा बौद्धदर्शनको सहि कुराहरु बताउने समयनै मिलेन । त्यसपछि अनगिन्ती खेन्पोहरुसंग भेटघाट र उहाँहरुको बाचनहरु अर्थात उपदेशहरु श्रवण गर्ने मौका पनि मिल्यो तर उहाँहरुले पृथ्वीमा नजन्मेका बुद्धिसत्वभहरुको मात्रै कुरा महिमाहरुलाई सुनाए ।
अब हामी मानिसहरु झै जन्मेका राजा शुद्धोधन तथा रानी माँयादेवीका पुत्र गौतम बुद्धले दिएका उपदेशहरु के हुन भन्ने जिज्ञाशा बढेर आएकोले यहाँ यसको बारेमा मेरो बिचार र त्रिपिटकहरुमा अन्य धार्मिक ग्रन्थहरुमा भन्दा के फरक छन भन्ने विषयमा उल्लेख गर्न खोजेको छु ।बुद्धले आफूले बुद्धत्वज्ञान पाएपछि, आफुसंग पहिले साथलागेर गएका पाँँच तपस्वीहरुलाई त्रिपिटक वा पालीमा त्रिपिटक भनेर चिनिनेलाई गौतमले शिक्षा दिनुभयो । यी पाँच जना बौद्धभिक्षु बन्ने पहिलो व्यक्तिहरु थिए । सारनाथमा दिइएको बुद्धको पहिलो उपदेशले बौघसंघ (समुदाय) को सुरुवातलाई चिन्ह लगायो । संस्कृतमा त्रिपिटकको अर्थ “तीन टोकरीहरु भनेर सम्बोधन गरिदो रहेछ ।
त्रिपिटक बुद्धका मौखिक ज्ञानका शव्दहरु मानिन्छ,जुन मौखिक रुपमा प्रसातिर भएका थिए, र बुद्धका शिष्क्षहरुदारा रेकर्ड गरिएका थिए । बुद्धका उत्तराधिकारी महाकाश्यपले अन्य शिष्क्षहरुको प्रमाणीकरणसंगै यी शब्दहरुको पाठको व्यवस्था गरेका थिए ।
त्रिपिटकको मतलब तीन डालोहरु :
मेरा स्व अध्ययनबाट, अर्थात आत्म अध्ययनबाट, मैले बुझे अनुसार, बौद्ध धर्ममा दुई भागमा बिभाजन गरिएको छ, एउटा थेरवाद बौद्ध शिक्ष हो, अर्को महायान बौद्ध शिक्ष जसलाई तिब्बेतियन बौद्ध धर्म हो जुन मुख्यतया बनाएका सामूहिक ज्ञानमा जोड दिने परम्परा कुरामा फरक छन् । थेरवादले भिक्षुहरुको जीवन र कठोर अभ्यास मार्फत व्यक्तिगत ज्ञानमा केन्द्रित रहन्छ, जसको उदेश्य अर्हत (ज्ञान प्राप्त गर्ने व्यक्ति ) बन्ने हो । अर्कोतफ, महायानले करुणा, र बोधिसत्वहरु –अरुलाई मद्दत गर्न ज्ञानलाई ढिलाई गर्ने प्राणीहरु लाई जोड दिन्छ र सामूहिक मुक्तिको लक्ष्य राख्द छ, सबै प्राणीहरुलाई ज्ञानको लागि प्रयास गर्न प्रोत्साहिछ गर्दछ । थेरवादहरुले टिपिटकको महत्व र महिमा बारे अध्ययन गर्दछ र यसको वर्गियकरण गरेर तिन भागमा बांडिएका छन । जसलाई बास्केट अर्थात संग्रह हो मेरो तामाङ्ग ग्योइमा –भाषा)मा भन्ने हो भने ज्ञानको भण्डरा थन्क्याउँने डालो भने पनि हुन्छ ।
पिटिटकको दोस्रो खण्ड सुत्त पिटकमा बुद्ध र उनका नजिकका शिष्यहरुले बुद्धले पैंतालीस बर्षमा शिक्षण जीवनको क्रममा र त्यसको केहि समय पछि दिएका दश हजार भन्दा बढी सुत्तहरु –प्रवचनहरु साधै संघका अन्य सदस्यहरुद्घारा धेरै थप श्लोकहरु समाबेश गरेका छन भनेको छ । थेरवाद बौद्ध धर्ममा, विनय पिटक पाली क्याननको अर्थात ग्रन्थहरुमा जसले भिक्षु र भिक्षुणीहरुका लागि संहिताहरु उल्लेख गरिएको छ, कसरी भिक्षुणीहरुले आफनो संन्यासी जीवनका लागि आचरणका नियमहरु, अनुष्ठानहरु र सामुदायिक मापदण्डहरुको रुपरेखा प्रस्तुत गर्ने भन्ने हो । विनयः यो शव्दको अर्थ “अनुशासन वा भिक्षुणी कानून हो।
अभिधम्म पिटक भनेको सुत्तहरुको व्यख्या गरेर बुद्धका शिक्षाहरुको विस्तृत शैक्षिक बिश्लेषण र सारांश हो भनेको छ । यहाँसुत्तहरुलाई सामान्य सिद्धन्तहरुको योजनावध प्रणालिमा पुनः निर्माण गरिएको छ भनिएको छ जसलाई बौद्ध मनोविज्ञानको पिटक भन्न पनि सकिन्छ । अधिधम्ममा, सुत्तहरुको सामान्यतया छरिएका शिक्ष र सिद्धान्तहरुलाई बौद्ध सिद्धान्तको सुसंगत विज्ञापनमा व्यवस्थित गरिएको देखिन्छ ।
अभिधम्म पिटक अभिधर्म साहित्य, बिश्लेषणात्मक र दार्शनिक ग्रन्थहरुको थुप्रै जीवित उदाहरणहरु मध्ये एक हो भनिएको छ, जुन भारतका धेरै प्रारम्भिक बौछ विद्यालयहरुद्घारा रचिएका थिए भनिन्छ र सम्बोधन गर्दछ । अभिधम्म पिटक थेरवाद अभिधम्मको अध्ययन केही थेरवाद भिक्षुहरुले गहिरिएर पछ्याएका छन, परम्परागत विशेषता पनि हो भनिएको छ, अभिधम्म पिटकलाई थेरवदा बौद्धहरुले पूजाको एक महत्वपूर्ण भाग हो जुन नियमित रुपमा जो मानिसहरुको अन्त्येष्टि र बिशेष उत्सवहरुमा पाठ गरिन्छ भन्ने बुझिन्छ ।
के त्रिपिटक गवातगीता र माइबल बीच समान छन् भनेर कसैले सोध्यो भने यो पंंक्तिकारको उत्तर हो भन्ने हुन्छ । यसका कारणहरु समान बिषयवस्तु र अवधारणहरु छन्, जुन सबैले अर्थपूर्ण जीवन बिताउने र परमात्मासंग जोडिने बारेमा मार्गदर्शन प्रदान गर्दछन । यी ग्रन्थहरुले परमात्माप्रति शान्तिको खोजी र नकारात्मक प्रभावहरुबाट आपूmलाई बचाउने बारेमा बिचारहरु साझा गर्छन अर्थात परिवर्तन गर्छन । यद्यपि तिनीहरुको बारेमा फरक केन्द्रहरु दृष्टिकोणहरु पनि छन । जस्ले आफनो धर्महरु अदितीय बिशेषताहरुलाई प्रतिबिम्बित गर्दछ ।
के फरक छ त्रिपिटक ग्रन्थमा र तिव्वेतन काँङगुर बिचमा :
तिब्बती काँङगुरमा लगभग सय खण्डहरुका आयतन अर्थात भोल्युम छन र यो विनय पिटक, धम्मपद उदानवर्ग शीर्षक अन्तरगत सम्बधित र अन्य पुस्तहरुबाट सारेका अंशहरु समावेश छन । बिद्घानशरुबमे भनाई छ पछि संकलन गरिएको हुँदा पाली र निनियाँ धर्मग्रन्थहरु भन्दा तुलनात्मक रुपमा काँङगुरमा कम प्रारम्भिक बौद्ध ग्रन्थहरु छन भनेका छन् ।
ॐ बुद्ध, धर्म र महान संघलाई श्रद्धान्जली साथ ।
डिग बहादुर तामाङ्ग, गेथेस्वर्ग, मेरिल्याण्ड ।
प्रतिक्रिया