काश्मिरमा भएको आतंककारी आक्रमणमा पाकिस्तानको संलग्नता हुन पनि सक्छ तर उसले छानबिन गर्न चुनौती दिएकोले पाकिस्तानको यसमा संलग्नता पाइए पनि भारत बोल्न नसक्ने स्थिति देखिएको छ। रुसी मुस्लिममार्गीहरु आतंकमा सामेल भएको देखिन्छ। मुस्लिम-मुस्लिम भाइ-भाइको नाताले मात्र यो घटना घटेको देखिन्न। इस्लाम धर्म मानेकै भरमा आतंककारी मुस्लिम भनेर हल्का रुपमा एउटा आस्था अंगाल्ने मुस्लिम धर्मावलम्बीलाई सो घटनामा जिम्मेवार ठहर्याउनु धार्मिक द्वन्दको निमित्त निम्त्याउन खोजिएको देखिन्छ। यस्तै चाहना कसले राख्छ त्यो शर्वविदितै छ, त्यसको व्याख्या गरिरहनु पर्दैन। त्यसैले काश्मिरको घटनालाई आतंककारी घटना भन्दा पनि गहिरो षड्यन्त्रकारी जालको रुपमा लिनु पर्छ।
निष्पक्ष जाँचबुझको लागि पाकिस्तान तयार हुनुको मतलव उ दह्रो जगमा उभिएको छ, उसलाई थाह छ कसको स्वार्थमा त्यो घटना घटाइएको हो। त्यसै त आणविक हतियार प्रयोग गर्नेसम्मको हल्ला गर्दैन थिए। कथंकदाचित उक्त घटनामा संलग्न पक्षबाट पाकिस्तानलाई भारतको विरुद्द यथेष्ट सहयोग प्राप्त भएन भने ‘मर्ता क्या ना कर्ता,’ यसपटक पाकिस्तानले भारत विरुद्ध आणविक हतियार प्रयोग गर्नेछ। उ सधैं हारेको मनस्थितिमा बाँचिरहन चाहन्न। युद्ध नै गर्नु परे तापनि विग्रेको अर्थतन्त्रमा सानो बोझ थपिने हो पाकिस्तानको निमित्त।
चाहेर पनि शक्ति राष्ट्रहरुले लम्बेतान युद्ध होस् भन्ने चाहना राख्न सक्दैन। यो छोटो समयको लागि मात्र हुनेछ तर घातक हतियार प्रयोग भने अवश्य हुनेछ। छोटो समयको यस संभावित युद्धमा वाध्यतावश अमेरिका, रुस, इज्रायल, ब्राजिल र युरोपबाट बेलायत बाहेक विश्वको अधिकांश राष्ट्र या त तटस्थ रहेनछ नभए जता चीन जान्छ उतैको पक्षमा जान सक्छ, अर्थात् पाकिस्तानको पक्षमा जाने संभावना छ। यहाँसम्म कि क्यानडा र मेक्सिको समेतको नैतिक समर्थन पाकिस्तानको पक्षमा रहनेछ। आफ्नो प्रतिकुल स्थिति भएकोले नै मोदीको भारतले आक्रमण गरिहाल्न नसकेको हो।
भारत-पाक युद्ध भएको खण्डमा पाकिस्तान टुक्रिन सक्छ भन्ने मित्थ्या फैलाउन भारतीय मिडिया अझ प्रष्टसँग भन्दा गोदी मिडिया लागेको देखिन्छ। वास्तवमा पाकिस्तान टुक्रिने होइन झन एकीकृत हुनेछ। अर्कोतर्फ भारतको वद्नामीको चरण शुरु हुनेछ। पाकिस्तानले अन्तर्राष्ट्रिय जाँचबुझको पासा फालिसकेको छ। काश्मिरको घटनाले प्रारम्भमा नै पाकिस्तानको कुटनैतिक जित भएको प्रष्ट्याइसकेको छ। अन्तर्राष्ट्रिय स्तरबाट उक्त घटनामा भारतको समर्थन हुनु पर्नेमा उल्टै प्रतिकुल वातावरण पैदा भएको देखिन्छ।
भारतको अर्थतन्त्र अबको ५ वर्षसम्म लगातार एक नम्वरको वृद्धिमा रहने र यस्तै किसिमले अघि बढ्दै गएमा अबको ७-८ वर्षमै चीन भन्दा तल रहेपनि अमेरिकाको हाराहारीमा पुग्ने अनुमान लगाइसकिएको अवस्था रहेको छ। त्यसैले युद्धले यदि कसैलाई नोक्सान हुन्छ भने त्यो भारतलाई मात्र हुने हो। युद्ध टाल्नु भारतकै हितकर रहनेछ। तर भारतीय जनताको मनोवल नगिरोस् र यसको अन्तर्राष्ट्रिय साखमा आँच नपुगोस् भन्ने ध्ययले एकपटक त भारतले आतंककारीको अखडाको नाम दिएर भएपनि पाकिस्तानको सिमा क्षेत्रमा हवाई आक्रमण गर्छ नै साथै स्थल सेना पाकिस्तानी भूमिमा छिराउने नै छ। हो, यसको निमित चौथाइवालेको नेपाल भ्रमण भएको हो। यसैको सन्दर्भमा बुलेट भेटघाटको रहस्य लुकेको छ।
संभावित भारत-पाक युद्धमा नेपालले भारतको साथ देओस् भन्ने इच्छा राख्नु स्वभाविक हो तर नेपालले उसको पक्षमा उभिनु पर्छ भन्न सक्दैन। विगतमा भारतले नै नेपालको विरुद्ध नेपाली आतंककारी उत्पादन गरेको र चीनले पाकिस्तानको पक्षमा प्रत्यक्ष वा परोक्ष साथ दिएको खण्डमा नेपाल स्वत्त तटस्थ राष्ट्रमा परिणत हुन्छ। यसै त असंलग्न राष्ट्र नेपालले काश्मिरमा भएको घटनालाई आतंककारी गतिविधि र मृत नेपाली युवाको लागि क्षतिपूर्तिको निमित्त बोल्ने सिवाय केही गर्नै मिल्दैन।
भारतलाई सबै कुराको अनुमान छ तापनि चौथाइवालेको नेपालमा बुलेट भेट्घाट किन भयो; गणतन्त्रलाई समर्थन गर्न वा राजतन्त्रको पक्षमा नरहेको, हिन्दू राष्ट्रको मात्र पक्षमा भारत रहेको देखाउने आदि इत्यादि कुराको कुनै सरोकार नै छैन। यी कुराहरु हाम्रा राष्ट्रघाती नेताहरु, राष्ट्रको हित भन्दा लम्पट झोले बन्ने कुत्ताहरु र विदेशीले फालेको हड्डी चाट्ने घटिया बुद्धिजिवीहरु रहेसम्म भारतले पियुनस्तरको व्यक्ति पठाएर नै फकाई फुलाई वा धम्की नै दिएर गएपनि आशिर्वाद पाएको ठान्नेहरुको देशमा चौथाइवालेको स्तरको व्यक्ति आएर गुण नै लगाएको मान्नु पर्छ।
धुर्त किसिमको भ्रमणमा भारतीय संस्थापन पक्षले नेपालबाट केही चाहेको छैन। मात्र के चाहन्छ भने पाकिस्तानको विरुद्ध सहिद बनाइने जवानहरुमा अधिकांश मूर्ख गोर्खे प्रयोग गरेर पाकिस्तानलाई मात दिने। सो भारतीय योजना अनुसार नेपालमा भ्रष्ट दलका नैतिकताहिन विकुवा, भारतीयले दिने पद पदवीको आसामा लिप्त स्वार्थी नेता भनाउँदा दलालहरुलाई आ-आफ्ना दलमा केही बाँचेका इमान्दार व्यक्तिहरुको स्वर दबाउन औषधिको मात्रा दिन आएका हुन् किनकी युद्धमा हातापाई अवश्यम्भावी छ, त्यसमा पनि सदा झैं सिख या नेपालीकै रगतले रणमैदान भरिनेछ। नेपालीलाई प्रथम चरण मै बली चढाइए र यसको ठूलो स्वर गुञ्जियो भने सिख मुलका भारतीयहरुको समेत आवाज उठ्नेछ। त्यसै त भारतलाई करिव ६-७ लाख सेनाको कमि भएको छ, माथी लेखिएको परिस्थिति उत्पन्न भयो भने भारतीय सेनामा पहिरो जान सक्छ। मुख्य कुरा भारतको लागि नेपालीले किन मर्नु पर्ने?
नेपालले आजसम्म के पायो भारतबाट? सीता माताले दुख कष्ट भोग्नु पर्यो, महाभारतमा पाण्डव-कौरव दुबै पक्षबाट हाम्रै धर्तिको नवजवानहरुले मर्नु पर्यो, पहिलो र दोस्रो विश्वयुद्धहरुमा भारतकै कारण अर्थात् उसको भूमिको मालिक रहेको अँग्रेजलाई सहयोग गर्दा लाखौं नेपालीले ज्यान गुमायो, कोशी, गण्डकी, महाकाली- भारतले ठग्यो, बेला बेलामा नाकावन्दी लगायो, व्यापारको नाममा बर्षेनी खरवौं लिएर जान्छ, जति पाँच छ वर्षमा सहयोग गर्छ त्यो भन्दा बढी एकै वर्षमा रेमिट्यान्स लान्छ। वास्तावमा भारत हाम्रो असल मित्र हुन सकेको छैन। हाम्रो हितमा उसले आजसम्म काम गरेको देखिन्न। तर यसको दोष भारतको होइन, दलाल नेता, लम्पट झोलेहरु, हड्डी चाट्ने नैतिकता विहिन वुद्दिजिवीहरु रहुञ्जेल हुने यहि हो। नेपाली भएर नेपाल र नेपालीकै असल सोचौं। छिमेकीहरुलाई हाम्रो राम्रो सोच्ने बनाऔं।
प्रतिक्रिया