अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित केसी डान्स सेन्टरको आठौँ बार्षिक उत्सवमा बिभिन्न प्रस्तुतिको आयोजना गर्दै मनोरंजन तथा उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । साथै अमेरिकाका बिभिन्न राज्यहरुमा आयोजना हुने विभिन्न कार्यक्रमहरु मध्ये कै सर्वाधिक चर्चित तथा लोकप्रिय कार्यक्रम कलिवुड नाइट २०२५ सेप्टेम्बर २० का दिन शनिबार हुने घोषणा गरिएको छ ।
समारोहमा केसी डान्स सेन्टरका संस्थापक द्वय नबिन केसी तथा लुना श्रेष्ठले कलिवुड नाइट -२०२५ सेप्टेम्बर २० शनिबारका दिन हुने घोषणा गरे । त्यस्तै उक्त कार्यक्रमका कार्यक्रम संचालक परशु तिमल्सिनाले २०८२ सालको बिजया दशमीको घटस्थापनाको ठीक एक हप्ता अगाडी हुने जानकारी गराए ।
साथै बिगत बर्ष झैँ यस बर्ष पनि ठीक त्यही समयमै हुने भन्दै यस क्षेत्रका सबै नेपाली समुदायलाई अहिले देखि नै दिन र समय कलिवुड नाइटलाई छुट्याउन आग्रह गरिएको छ । सबैलाई आफ्नो भित्ते पात्रो( क्यालेन्डरमा )मा चिन्ह लगाउन संस्थापक केसीले आह्वान गरे ।
कार्यकम संचालक परशु तिमल्सिना तथा नबिन केसीले उक्त समयको सेरोफेरोमा त्यस्ता प्रकारका कार्यक्रमहरु नल्याउन आग्रहको साथै उक्त समयमा कार्यक्रम नराख्न समेत अग्रिम रुपमा सबै संघ/संस्था तथा नेपाली समुदायलाई आह्वान गरेका छन् । साथै यस पटक अझ राम्रा प्रस्तुति लिएर आउने प्रतिबद्धताको साथै अहिले देखि नै यस कार्यक्रमको तयारीमा आयोजक जुट्ने बताईएको छ ।
केसी डान्स सेन्टरको आठौ बार्षिक दिवसमा नेपाली दुताबास आर्थिक सल्लाहकार युगराज पाण्डे प्रमुख अतिथि रहेका थिए । उनले प्रमुख अतिथिको तर्फबाट केसी डान्स सेन्टरले विदेशमा रहेता पनि नेपाली कला संस्कृतिलाई नेपालसँग जोड्ने काम गरि रहेकोमा उक्त कण्ठले प्रशंसा गरे ।
प्रमुख अतिथि पाण्डेलाई बालिकाहरुले पुष्प गुच्छाद्वारा स्वागत गरेका थिए । बार्षिक उत्सवमा केसी डान्स सेन्टरमै नृत्य सिक्ने बिधार्थीहरु र दोश्रो पुस्ताका बालबालिकाहरुका दर्जनौ प्रस्तुतिहरु रहेका थिए ।
समारोहमा केसी डान्स सेन्टरलाई हरेक बर्ष गर्ने प्रायोजन गर्ने बिभिन्न व्यवसाय ,संचार माध्यम ,प्रायोजक ,अहोरात्र खटिई सेवा पुर्याउने निस्वार्थ रुपमा सेवा गर्ने स्वयमसेवक लगायतलाई ताम्रपत्र तथा दोसल्ला समेत ओढाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथिले पाण्डेले विभिन्न व्यक्तिहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । संस्थापक द्वय नविन केसी /लुना श्रेष्ठले समेत बिभिन्न व्यक्तिहरुलाई सम्मानमा प्रमुख अतिथिलाई साथ दिएका थिए । समारोहमा केसी डान्स सेन्टरको बारेमा अभिभावकको तर्फबाट अभिभावकहरुले मन्तब्य राखेका थिए ।
प्रमुख अतिथि पाण्डेले पानसमा बत्ति बालि कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रमको प्रारम्भमा नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गान केसी डान्स सेन्टरकै बिद्यार्थीहरुले आफ्नै मौलिक आफ्नै स्वरमा गाएका थिए ।
कार्यक्रम संचालन परशु तिमल्सिना तथा केसी डान्स सेन्टर कै बिधार्थीहरुले सयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया