युक्रेनले ७३ वटा रुसी मानवरहित यान (ड्रोन)मध्ये ५० वटा खसालेको दाबी ,त्यस्तै रुसले ३६ वटा खसालेको दाबी

इनेप्लिज २०८१ मंसिर ९ गते १२:३५ मा प्रकाशित

युक्रेनले ७३ वटा रुसी मानवरहित यान (ड्रोन)मध्ये ५० वटा खसालेको दाबी गरेको छ ।

युक्रेनको वायुसेनाले कम्तिमा ७३ वटा रूसी मानव रहित यान (ड्रोन)हरू शनिबार बिहान देखि आइतबार बिहानसम्म आकाशमा प्रवेश गरेको जनाएका छन् ।

युक्रेनको वायुसेनाले देशमा प्रवेश गरेका ७३ रुसी मानवरहित यान (ड्रोनमध्ये ५० वटा खसालेको बताएको छ । अन्य १९ वटा मानव रहित यान (ड्रोन)हरू उडानमा हराएका थिए,।अन्य चारवटा अझै पनि स्थानीय समय अनुसार बिहान ७ बजेसम्म )युक्रेनी हवाई क्षेत्रमा उडान गरिरहेको वायुसेनाले बताएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार शनिबार राति र आइतबार बिहान ३६ वटा युक्रेनी मानव रहित यान (ड्रोन )खसालेको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार युक्रेनले सैन्य हवाईअड्डाहरू, उत्पादन सुविधाहरू र मानव रहित यान भण्डारण स्थलहरुमा व्यापक आक्रमणहरू गरेको जनाएको छ ।

“यस हप्ता, युक्रेनभरि लगभग हरेक दिन हवाई चेतवानी सुनियएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बिहान टेलिग्राममा लेखेका छन् ।

रूसले युक्रेन र हाम्रा जनता विरुद्ध ८०० भन्दा बढी निर्देशित हवाई बम, करिब ४६० वटा आक्रमण ड्रोन र विभिन्न प्रकारका २० भन्दा बढी क्षेप्यास्त्र हरू प्रयोग गरेको बताए ।

“युक्रेन हतियार परीक्षण स्थल होइन,” जेलेन्स्कीले लेखे। “युक्रेनलाई थप हवाई रक्षा चाहिन्छ, र हामी हाम्रा साझेदारहरूसँग यसका लागि काम गरिरहेका छौं। हाम्रो आकाशको सुरक्षालाई बलियो बनाउन यो धेरै महत्त्वपूर्ण छ।”

प्रतिक्रिया