रुसी क्षेप्यास्त्र खसालेकोमा युक्रेनी रक्षामन्त्रीद्वारा पूर्व शिशुशालाको महिला शिक्षक सम्मानित

इनेप्लिज २०८१ मंसिर ५ गते २३:३५ मा प्रकाशित

रुसी क्षेप्यास्त्र (मिसाइल )खसालेकोमा युक्रेनी रक्षामन्त्रीले पूर्व शिशुशाला (किन्डरगार्टन) की महिला शिक्षकलाई सम्मान गरेका छन् ।

एक पूर्व शिशुशालाका शिक्षिकालाई युक्रेनी रक्षा मन्त्री रुस्टेम उमरोभले उनको पहिलो युद्ध प्रक्षेपणको क्रममा रूसी क्षेप्यास्त्र खसालेको भूमिकाको लागि उनलाई सम्मान गरिएको हो ।

मिसन अघि पाँच महिनाको प्रशिक्षण पाठ्यक्रम पूरा गर्ने युक्रेनी सैनिक नतालिया ग्राबरचुकले युक्रेनको रिभ्ने क्षेत्रको महत्वपूर्ण पूर्वाधार सुविधातर्फ जाँदै गरेको रुसी पोतभार क्षेप्यास्त्र (क्रुज मिसाइल)लाई खसाल्न “इग्ला” नामक मार हान्ने क्षेप्यास्त्रलाई सही रूपमा प्रक्षेपण गरेकी थिइन् ।

श्रब्यदृश्य (भिडियो)मा कैद गरिएको लक्ष्यलाई आइतबार युक्रेनी वायुसेनाले साझा गरेको थियो। उनले मार हाने पछि क्षेप्यास्त्र खसालिन । खसे पछि उनका सहकर्मीले राम्रो भयो र तपाईले हिर्काउनु भयो भनेका थिए ।

आइतवार सफल मिसनमा प्रतिक्रिया दिँदै ग्राबरचुकले आफू धेरै खुशी भएको बताइन । सैनिकहरूलाई उनीहरूको सेवाको लागि धन्यवाद दिँदै सम्बन्धित श्रब्यदृश्य( भिडियो)लाई “हामी सबैका लागि प्रेरणादायी क्षण” भनिएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया