युक्रेनद्वारा रुसको ब्रायन्स्क क्षेत्रमा अमेरिकी निर्मित क्षेप्यास्त्र  प्रहार 

इनेप्लिज २०८१ मंसिर ४ गते १७:५६ मा प्रकाशित

युक्रेनले रुसको ब्रायन्स्क क्षेत्रमा अमेरिकी निर्मित एटिएसिएमएस क्षेप्यास्त्र  प्रहार गरेको रुसी रक्षा मन्त्रालयले बताएको छ।

युद्धको १,००० औं दिनमा बाइडेन प्रशासनले कीभलाई रुस भित्रका लक्ष्यहरू विरुद्ध लामो दूरीका अमेरिकी हतियारहरू प्रयोग गर्न अनुमति दिएको दुई दिनपछि यो आक्रमण भएको हो। 

कीभले तत्काल प्रतिवेदनमा प्रतिक्रिया दिएको छैन् ।

मङ्गलबार स्थानीय समय अनुसार बिहान ३:२५ बजे (७:२५ बजे पूर्विय समय)अनुसार युक्रेनले ब्रायान्स्कको एउटा केन्द्रमा छ वटा ब्यालेस्टिक मिसाइल( प्राक्षेपिक क्षेप्यास्त्) प्रहार गरेको मन्त्रालयले जनाएको छ। 

उक्त आक्रमणमा अमेरिकी निर्मित एटीएसीएमएस क्षेप्यास्त्र प्रयोग गरिएको बताइएको छ । रुसी वायु रक्षाले पाँचवटा क्षेप्यास्त्र खसालेको  बताएको छ । क्षतिग्रस्त क्षेप्यास्त्रहरुका टुक्राहरू सैन्य सुविधाको क्षेत्रमा खसेकोले आगो निभाइएको छ।

प्रतिक्रिया