अमेरिकी पत्रकारलाई ९७७ दिनसम्म अपहरण गरि बन्धक बनाउने २ सोमाली समुद्री डाकूलाई ३० वर्ष कारागार सजाय

इनेप्लिज २०८१ कार्तिक २९ गते १९:३८ मा प्रकाशित

अमेरिकी पत्रकार माइकल स्कट मूरलाई अपहरण गरी ९७७ दिनसम्म बन्धक बनाएको अभियोगमा दुई सोमाली समुद्री डाकुहरूलाई ३० वर्षको कारागार सजाय सुनाइएको संघीय अभियोजकहरूले गत मंगलबार बताएका छन्।

मूर एक स्वतन्त्र पत्रकार सन २०१२ मा अनुसन्धान गर्न सोमालिया गएका थिए । 

जनवरी २१ मा उनलाई  हतियारधारी मानिसहरूले अपहरण गरेर एक सुनसान क्षेत्रमा पुर्‍याए । र ,उनलाई सेशेल्सका दुई जना माछा मार्नेहरूसँग बन्धक बनाइयो। 

मूरलाई तीन महिनाको अवधिमा धेरै पटक अन्य ठाउमा सारिएको सिविएसन्यूजले जनाएको छ ।

न्याय विभागका अनुसार मूर र एक जना माझीलाई त्यहाँ २८ जना चालक दलका सदस्यहरू सहित कैदमा राखिएको थियो।

न्याय विभागका अनुसार माझीलाई समेत यातना दिइएको थियो ।

प्रतिक्रिया