चिनियाँ सैन्य विमानहरू ताइवान टापुमा देखिए पछि अमेरिका र फिलिपिन्सद्वारा युद्ध अभ्याय सुरु

इनेप्लिज २०८१ असोज २९ गते १६:५५ मा प्रकाशित

चिनियाँ सैन्य विमानहरू ठूलो मात्रामा ताइवान टापुमा देखिए पछि अमेरिका र फिलिपिन्सले युद्ध अभ्याय सुरु गरेका छन्। 

ताइवानले थुप्रै विमानहरु पत्ता लगाए पछि अमेरिका र फिलिपिन्सले सयुक्त रुपमा सैनिक अभ्यास सॅचालन गरेका हुन्।

चीनले ताइवान वरिपरि ठूलो अभ्यास गरेपछि र चिनियाँ जहाज फिलिपिन्सको गस्ती डुङ्गासँग ठोक्किएपछि हजारौं अमेरिकी र फिलिपिन्स सेनाले मंगलबार उत्तरी र पश्चिमी फिलिपिन्समा संयुक्त अभ्यास सुरु गरेका हुन्।

ताइवानले स्वशासित टापुको वरिपरि १५३ वटा चिनियाँ सैन्य विमान पत्ता लगाएपछि यो अभ्यास भएको हो ।

मंगलबार बिहान ६ बजेदेखि २५ घण्टामा विमान भेटिएको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

अभ्यासहरू फिलिपिन्सको मुख्य टापु लुजोनको उत्तरी तटको रक्षामा केन्द्रित छन्, जुन स्वशासित ताइवानबाट करिब ५०० माईल टाढा छ।

बेइजिङले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्छ र यसलाई कब्जा गर्न बल प्रयोग नगर्ने वाचा गरेको छ । 

ताइवानले चीनको कार्यलाई “अतार्किक र उत्तेजक” भनी निन्दा गरेको छ भने अमेरिकाले तिनीहरूलाई “अनावश्यक” भनेको छ।

प्रतिक्रिया