उत्तर कोरियाले सीमावर्ती सडकमा विस्फोट गरे पछि दक्षिण कोरियाद्वारा चेतावनी स्वरुप गोली प्रहार , अमेरिकी विमान वाहक दक्षिण कोरिया पुग्यो

इनेप्लिज २०८१ असोज २९ गते १०:४३ मा प्रकाशित

उत्तर कोरियाले सीमावर्ती सडकमा विस्फोट गरे पछि दक्षिण कोरियाले चेतावनी स्वरुप गोली प्रहार गरेको छ ।

एबिसीन्यूजका अनुसारकेही महिनादेखि बढ्दो सीमापार तनावपछि विस्फोटहरू भएका छन्। रुसी राष्ट्रपति भाल्दिमिर पुटिनले उत्तर कोरियालाई हतियार दिने धम्की दिएपछि अमेरिकी विमान वाहक दक्षिण कोरिया पुगेको छ ।

दक्षिण कोरियाको सेनाले मङ्गलबार दुवै देशलाई जोड्ने दुई सीमापार सडकहरूमा विस्फोट भएको पत्ता लगाएको जनाएको छ । दक्षिण कोरियाका संयुक्त सेनाका प्रमुखले एक विज्ञप्तिमा जारी गर्दै उत्तर कोरियाली सेनाले ग्योन्गुई लाइन र डोन्घाई सीमा रेखामा विस्फोटक पदार्थ विस्फोट गराएको बताए ।

उत्तर कोरियाली सेनाले “थप कारवाहीहरू” को लागि “भारी उपकरण” पनि तैनाथ गरेको उनले बताए । दक्षिण कोरियाली सेनालाई कुनै क्षति नभएको र सेनाले सैन्य सीमांकन रेखाको दक्षिणी क्षेत्रहरूमा चेतावनी स्वरुप गोली चलाएको छ, जेसिएस विज्ञप्तिमा भनिएको छ।

“सेनाले उत्तर कोरियाको गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको छ र पूर्ण तयारीको अवस्था कायम राख्दै अमेरिकासँगको सहयोगमा निगरानी र सतर्कलाई बलियो बनाएको छ,” बिज्ञप्तिमा उल्लेख गरेको छ ।

दक्षिण कोरियाले सोमबार चेतावनी दिदै प्योङयाङले सडक मार्गहरू नष्ट गर्ने तयारी गरिरहेको देखिएको छ । “यदि उत्तर कोरियाले उक्साहट गर्छ भने हामी आत्मरक्षाको अधिकारको सर्तमा कडा जवाफ दिनेछौं,” सयुक्त सेनाका प्रमुखले उक्त बिज्ञप्तिमा भने ।

उत्तर कोरियाली सेनाले गत हप्ता आफ्नो दक्षिणी छिमेकीसँगको आफ्नो सिमाना स्थायी रूपमा बन्द गर्ने, रेल र सडक जडानहरू काट्ने र रक्षात्मक किल्लाहरूलाई सुदृढ गर्ने बताएको थियो ।

उत्तर कोरियाले दुईवटा मार्गमा खानी बिछ्याउन, बत्तीहरू हटाउन र भवनहरू भत्काउन महिनौं बिताएको छ । गत हप्ता उत्तर कोरियाले दक्षिण कोरियालाई प्योङयाङमाथि मानव रहित यान (ड्रोन )उडाएको आरोप लगाएको थियो ।

प्रतिक्रिया