अध्यावधिक गरिएको : फ्लोरिडामा समुन्द्री आँधी मिल्टनको कारण मृत्यु हुनेको कुल संख्या ९ पुग्यो ,१ करोड १० लाख मानिसहरू नदीको बाढीको जोखिममा

इनेप्लिज २०८१ असोज २४ गते १६:२२ मा प्रकाशित

अध्यावधिक गरिएको : फ्लोरिडामा समुन्द्री आँधी मिल्टनको कारण मृत्यु हुनेको कुल संख्या ९ पुगेको एनबिसीन्यूजले जनाएको छ ।

फ्लोरिडाको एट्लान्टिक तटमा रहेको सेन्ट लुसी काउन्टीमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ। अधिकारीहरूका अनुसार त्यहाँ घुम्रपात (टोर्नाडो)को कारण ४ जनाको ज्यान गएको हो ।

सेन्ट पिटर्सबर्ग प्रहरीले दिएको जानकारी अनुसार उनीहरुको शहरमा दुईवटा आँधी-सम्बन्धित मृत्यु भएको पुष्टि गरेको छ । त्यस्तै भोलुसिया काउन्टी शेरिफ माइकल जे चिटवुडले आफ्नो क्षेत्राधिकारमा तीन जनाको मृत्यु भएको पुष्टि गरे।

लगभग १११ मिलियन अर्थात् १ करोड १० लाख मानिसहरू नदीको बाढीको जोखिममा रहेका छन् । समुन्द्री आँधीले हिजो व्यापक क्षति पुर्याएको छ । पावरआउटेका अनुसार ३३ लाख भन्दा बढी ऊर्जा ग्राहकहरू फ्लोरिडामा बिहान ७ बजे सम्म बिजुलीविहीन रहेको जनाएको छ ।

राष्ट्रपति जो बाइडेनले हजारौं संघीय कर्मचारीहरूलाई समुन्द्री आँधीबाट प्रभावित क्षेत्रमा पूर्व-तैनात गरिसकेका छन् , जसमा १,००० भन्दा बढी तट रक्षक (कोस्ट गार्ड) सदस्यहरू छन्।

सेन्ट पीटर्सबर्गका नगर प्रमुख केन वेल्चले आज बिहान यस आँधीबेरीमा आँधीबेरीको असरबाट बच्न शहरमा अझै पनि “गम्भीर समस्याहरू” सम्बोधन गर्न बाँकी रहेको बताए ।

मिल्टनले लगभग १८ इन्च वर्षा ल्याएको र केही स्थानीय बाढीका साथै शहरको खानेपानी प्रणाली, पूर्वाधार र उर्जामा क्षति पुर्यायो, वेल्चले भने।

“हामी सक्रिय रूपमा ती सेवाहरू बासिन्दाहरूलाई सकेसम्म चाँडो पुनर्स्थापित गर्न काम गरिरहेका छौं।” पिनेलास काउन्टीमा मात्र करिब ४०० ,००० मानिसहरु बिजुलीविहीन रहन बाध्य भएका छन् ,उनले भने ।

प्रतिक्रिया