इजरायलले मध्यरातदेखि हेजबुल्लाहले करिब १०० वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
अधिकांश क्षेप्यास्त्रहरु उत्तरी इजरायलको तल्लो ग्यालिली र हामाकिम क्षेत्रहरूलाई लक्षित गरेको जनाएको छ । इजरायल रक्षा बल (आइडिएफ)ले अधिकांश क्षेप्यास्त्रहरुहरू रोकिएको तर निर्माणमा क्षति पुगेको बताएको छ ।
यसैबीच इजरायली सेनाले दक्षिणी लेबनानमा हेजबुल्लाह लक्ष्यहरूमाथि हमला गर्न जारी राखेको छ। सिएनएनले जनाए अनुसार अहिले सम्म कूल मृत्यु हुनेको संझ्या ५५० र १६४५ नाघेको छ ।
पछिल्लो केही घण्टामा इजरायली वायुसेनाका लडाकु विमानहरूले दक्षिणी लेबनानमा हेजबुल्लाहका आतंककारी लक्ष्यहरू,सैन्य संरचनाहरू र हतियारहरू भण्डारण गरिएका भवनहरू सहित आक्रमण गरेको आईडिएफले बताएको छ ।
हेजबुल्लाहले मंगलबार उत्तरी इजरायलको किरियत शमोना शहरमा लगातार क्षेप्यास्त्र प्रहार गरेको छ । द्वन्द बीच बेरुतको मुख्य विमानस्थल रफिक हरिरी भित्र र बाहिर कम्तिमा ४० वटा उडानहरू मंगलबार बिहानसम्म रद्द गरिएको छ।
रद्द गरिएका मध्ये अधिकांश जर्मनी, साउदी अरेबिया, युएई, टर्की, इथियोपिया, स्विट्जरल्याण्ड, फ्रान्स, जोर्डन, इजिप्ट, इराक र कतारबाट जाने वा आइपुगेका थिए।
इजरायली सेनाले पूर्वी लेबनानमा अर्को चरणको हवाई आक्रमण सुरु गरेको लेबनानी राज्य समाचारसंस्था (एजेन्सी )एनएनएले मंगलबार जनाएको छ।
प्रतिक्रिया