रुसले बिहीबार चार दिनमा तेस्रो पटक युक्रेनमा भारी हवाई आक्रमण गरेको छ । पुन क्षेप्यास्त्र र मानवरहित यान प्रक्षेपण गरेको छ ।
रुसी सेनाले युक्रेनी निशानामा पाँचवटा क्षेप्यास्त्र र ७४ वटा इरानी साहेद मानव रहित यान प्रहार गरेको वायुसेनाले जनाएको छ ।
युक्रेनले दुई वटा क्षेप्यास्त्र र ६० वटा मानव रहित यान रोकेको दाबि गरेको छ । १४ अन्य मानवरहित यान आफ्नो लक्ष्यमा पुग्नुअघि नै खसेको बताइएको छ।
मानव रहित यानहरु तीन जिल्लाहरूमा खसेको र नागरिक पूर्वाधारमा सामान्य क्षति पुर्याएको छ । तर कुनै चोटपटक नभएको जनाईएको छ ।
प्रतिक्रिया