अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्जको काउन्टीका पूर्व नगर परिषद सदस्य मेल फ्रान्कलिनले सोमबार एक अपराधी चोरी योजना र झुटो बोलेको आरोपमा दोषी ठहरिएपछि एक वर्ष कारागार सजाय भोग्नु पर्ने भएको छ ।
अभियोजकहरूका अनुसार २०२० देखि कम्तिमा अक्टोबर २०२३ सम्म फ्र्याङ्कलिनले आफ्नो व्यक्तिगत बैंक खातामा रकम स्थानान्तरण गरेर आफ्नो अभियान समिति, “फ्रेन्ड्स अफ मेल फ्र्याङ्कलिन” बाट १२४,००० भन्दा बढी हिनामिना गरेका थिए ।
त्यसपछि उनले ऋण र भाडा तिर्न, बिधुतिय सदस्यता र सौन्दर्य प्रसाधन (कस्मेटिक )प्रक्रियाहरू आफ्नो र नजिकका साथीहरूको लागि पैसा प्रयोग गरेको स्वीकार गरे।
फ्र्याङ्कलिनलाई आफ्नो अभियान समितिलाई १३३,१६८.६७ डलर फिर्ता गर्न पनि आग्रह गरेको छ। त्यसपछि त्यो पैसा परोपकारमा दान गरिने डब्लुटिओपिले जनाएको छ ।
“निर्वाचित अधिकारीहरूले सार्वजनिक विश्वासको उल्लङ्घन गरे र व्यक्तिगत आर्थिक लाभको लागि मेरील्याण्ड चुनावी प्रक्रियाको शोषण गरेमा जवाफदेही हुनुपर्छ,” मेरील्याण्ड राज्यका अभियोजक चार्लटन टी. होवार्ड तृतीयले भने।
फ्र्याङ्कलिनले २०२१ देखि डिसेम्बर २०२३ सम्म आफ्नो व्यक्तिगत खर्च तिर्नको लागि तेस्रो पक्षहरूलाई आफ्नो अभियान खाताबाट थप ८,७१८ हिनामिना गरेका थिए ।
त्यस्तै जुलाई १०, २०२२ मा, फ्र्याङ्कलिनले हार्बरको एक अतिथिगृहमा बस्न आफ्नो अभियान समितिको खाताबाट ३०५ डलर प्रयोग गरेका थिए ।
त्यस्तै सन् २०२३ मा कागजातहरूका अनुसार फ्र्याङ्कलिनले ८०० डलर भन्दा बढी एक पाहुना घरमा बस्न अभियान खाता कोष प्रयोग गरेका थिए ।
काउन्टीको परिषदमा १४वर्ष पछि फ्र्याङ्कलिनले गत जुनमा अचानक राजीनामा दिएका थिए।
यो फ्रान्कलिनले आपराधिक आरोपहरूको सामना गरेको यो पहिलो पटक होइन। सन् २०१६ मा उनलाई आफ्नो काउन्टी गाडीले अर्को कारमा ठक्कर दिदा उनलाई मादक पदार्थ सेवनको आरोप समेत लगाईएको थियो ।
सजाय सुनुवाई नोभेम्बर १३ मा तोकिएको छ।
प्रतिक्रिया