अमेरिकाको जर्जिया राज्यको एक उद्यानमा चार पुरुष मृत फेला ,अनुसन्धान जारी

इनेप्लिज २०८१ भदौ १० गते १०:५४ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यको एउटा पार्क(उद्यान)मा चार पुरुषहरु मृत फेला परेको प्रहरीले बताएको छ । उक्त घटनाको अनुसन्धान जारी रहेको बताईएको छ ।

प्रहरी सहायकहरूलाई राति ११:१५ बजे डाल्टनको प्लेजन्ट ग्रोभ पार्क( उद्यान)मा पठाइएको एबिसीन्यूजले जनाएको छ । त्यहाँ गोली चलेको खबर आएपछि प्रहरीहरु त्यहाँ शनिबार पुगेका थिए ।

व्हिटफिल्ड काउन्टी शेरिफको कार्यालयले एक समाचार विज्ञप्तिमा जनाए अनुसार प्रहरीहरु त्यहाँ पुग्दा तिनीहरूले चार जना स्पानेली (हिस्पानिक )पुरुषहरू मृत फेला पारेका थिए ।

अधिकारीहरूका अनुसार एक एसयुभी जातको गाढा रंगको गाडीको खोजिरहेका छन् ।

प्रतिक्रिया