न्यु योर्कमा लागूऔषध सेवन गरेर राजमार्गमा गलत बाटोमा गाडी चलाएको कारण ९ बर्षका छोराको मृत्यु भएकोले आमा प्रकाउ

इनेप्लिज २०८१ भदौ ८ गते ११:०५ मा प्रकाशित

न्यु योर्ककी एक आमालाई लागूऔषध सेवन गरेर राजमार्गमा गलत बाटो(रंग वे )मा गाडी चलाएको कारण ९ बर्षको छोराको मृत्यु भए पछि आमालाई प्रकाउ गरिएको छ । केरी बेड्रिक नामक बालककी आमालाई १० लाख डलर नगद जमानत सहित पक्राउ गरिएको छ ।

सवारी साधन दुर्घटनामा आमाको प्रभावमा ९ वर्षीय छोराको मृत्यु भएको थियो ।

न्यु योर्क राज्य प्रहरीका अनुसार आमालाई लागूऔषध सेवन गरेर राजमार्गमा गलत बाटोमा गाडी चलाएको र “गम्भीर” चार वटा कारको ठक्करबाट उनको ९ वर्षीय छोराको मृत्यु भएको आरोप लगाइएको छ।

एबिसीन्यूजका अनुसार लङ आइल्याण्डको सफोक काउन्टीमा गत बिहीबार बिहानै उक्त दुर्घटना भएको हो । ३२ वर्षीय केरी बेड्रिक गलत बाटोमा गाडी चलाएकी र बच्चा पछाडि रहेको प्रहरीले जनाएको छ । पछाडीको सिट(आसन)मा बसेका उनका छोरा एली हेनरिसको ठक्करबाट मृत्यु भएको प्रहरीले बताएको छ ।

बेड्रिकलाई धेरै अवैध लागूऔषध र सवारी साधन चलाउने अपराधको आरोप लगाइएको छ । उनले शुक्रबार आफ्नो अभियोगमा आफू दोषी नभएको बताएकी थिइन् ।

दुर्घटनामा सबै सवारी साधनहरूमा व्यापक क्षति पुगेको प्रहरीले जनाएको छ। बेड्रिक सहित तीनवटा सवारी साधनका चालकहरूलाई स्थानीय अस्पतालमा ल्याइएको छ भने उनीहरुको ज्यान जोखिममा नरहेको प्रहरीले बताए ।

दुर्घटना हुनु अघि सफोक काउन्टी शेरिफका सहायक प्रहरीले बिहीबार बिहान २:१५ बजे राजमार्गमा २०२२ को मित्सुबिशी इक्लिप्स क्रसलाई गलत बाटोमा चलाई रहेको गरिरहेको देखेका थिए। सहायकले फर्केर आफ्नो बत्ती र आवाज (साइरन)सहित संकेत गरे र गाडीलाई रोक्ने प्रयास गरेको एबिसीन्यूजले जनाएको छ ।

यद्यपि, गलत बाटोको चालकले गति बढाएको र रोक्न अस्वीकार गरेको प्रहरीले बताए ।

प्रतिक्रिया