प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको गगन थापाको आरोप

बेद प्रसाद घिमिरे २०८१ असार १ गते १०:४१ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताउनुभएको छ

शनिबार नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री किन भएको हो भन्ने नै थाहा नभएको टिप्पणी गर्नुभएको छ।

‘माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन। किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन। के को लागि हुनुभएको हो? के गर्ने हो? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले? केही पनि छैन,’ थापाले भन्नुभयो

महामन्त्री थापाले एमालेले बजेटको स्वामित्व नलिएको बताउँदै सत्तामा भएर पनि नभएजस्तो गरिरहेको टिप्पणी गर्नुभएको छ

प्रतिक्रिया