नयाँ दलको अस्तित्वलाई पुराना दलले स्वीकार गरेनन् गृहमन्त्री लामिछाने

बेद प्रसाद घिमिरे २०८१ जेठ ३० गते २१:३१ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली राजनीतिको अस्वस्थ र पूर्वाग्रही प्रतिस्पर्धाले समाज र देशको हित नगर्ने बताउनुभएको छ।

नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री लामिछानेले नयाँ दलहरूको अस्तित्वलाई स्वीकार नगर्ने र नेपाली राजनीतिमा देखिएको अस्वस्थ र पूर्वाग्रही प्रतिस्पर्धाले समाज र देशको हित नगर्ने बताउनुभएको छ।

उहाँले मधेसमा जनमत पार्टी र अन्य स्थानमा रास्वपालगायत स्वतन्त्र उम्मेदवारलाई जनताले दिएको भोटले नयाँ सन्देश दिएको भन्दै यसलाई सबै दलहरूले स्वीकार गर्न सक्नुपर्ने बताउनुभएको छ। आफ्नो पार्टी स्थापना हुनुभन्दा लामो समयदेखि जनतासमक्ष गएर धेरै अध्ययन गरिएको भन्दै लामिछानले अहिले पनि आफ्नो पार्टीलाई सामाजिक सञ्जालको लोकप्रियताका आधारमा भोट आएको भन्ने जबरजस्त भाव स्थापित गराउन खोजिएको गुनासो गर्नुभयो।

लामिछानले अहिले नयाँ शक्तिहरू मिल्न आवश्यक नरहेको तर्क गर्दै विचारको आधारमा एक्लै चुनाव लड्न र जनतामाझ परीक्षण गर्न चुनौती दिनुभएको छ। उहाँले संविधानले परिकल्पना गरेको संघीयताको मर्मअनुसार प्रदेशलाई बेढंगबाट ढंगको बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो।

प्रतिक्रिया