काठमाडौं ,नेपाल । चर्चित गायक तथा संगितकार राज सागरको स्वरमा गीतकार बिटु केसीको नयाँ गजल अस्ति बिहिवार यूटुब मार्फत सार्वजनिक गरिएको छ।
” तिमी छौ त्यसैले यो जीवन खास लाग्छ …..” प्रेमील बोलको सुमधुर गजलको संगित सृजना राज सागरले नै गरेका हुन् ।
गीतकार केसीले आफ्नो श्रीमान तारा बरालको जन्म दिनको अवसर पारेर यो गजल सार्वजनिक गरेको जानकारी गराइएको छ । संगितकार राज सागरलाई गजलका शब्दहरुले मन छोएपछि उनले आफ्नै अग्रसरतामा यसमा संगित भरेका थिए ।
डिल्लीबजार स्थित भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको यो गजलको म्युजिक एरेन्जर उदयराज पौडेल हुन् । गजलको मिक्सीङ, मास्टरिङ र रेकर्डिस्ट दिप घटानी हुन् । यस अघि गीतकार बिटु केसीका सातवटा गीत र गजलहरु बजारमा आइसकेका छ्न् ।
पुरै गजल सुन्न तल दिइएको लिंकमा क्लिक गर्नुहोला :
प्रतिक्रिया